पर्वतमा दोविल्लामा गएको सुख्खा पहिरोले विहानैदेखि मध्यहाडी लोकमार्ग अवरुद्ध - News site from Nepal

पर्वत – सडक माथिबाट आएको सुख्खा पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड अवरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा आज विहानदेखि सडक अवरुद्ध बनेको हो । विहान सात बजेदेखि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । निर्माणाधिन उक्त लोकमार्ग हिउँदको समयमा चक्ल्याउने क्रममा भिर काटिएको थियो । सोहि ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको जेसीबि र प्रहरीको सहायताले अहिले पन्छाउने काम भैरहेको छ । ठुला ठुला ढुंगाहरु खसेका कारण तत्काल खुल्ने सम्भाबना देखिएको छैन ।
सडक अवरुद्ध हुँदा धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधनहरुको तीन किलोमिटर भन्दा ठुलो जाम लागेको छ भने अन्यत्रबाट आएका सवारीसाधनहरु पराधिमा अलपत्र बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!