“हिमाल हेर्दै माथी चडौँ,हिमाल हेर्दै तल झरौँ” पर्यटकिय गाँउकोरुपमा विकास हुदै उल्लेरी - News site from Nepal


माधब पराजुली,पोखरा
पोखरा देखि १५ कि.मी.को दुरीमा पर्ने सिद्धार्थ हाईवे देखि ३ कि.मि. उत्तरमा एक झुपुमुक्क परेका वस्तीहरु छन् । गुरुङ समुदायको बाहुल्यता रहेको स्याङजा र कास्कीको सिमानामा पर्ने पोखरा महानगरपालिका वडा नं. २२ स्थित उल्लेरी गाँउ साच्चिकै मनमोहक छ । उक्त गाँउ धार्मीक एवं ऐतिहासिक हिसाबले महत्वपूर्ण छ ।
यहाँको रितिरिवाज,कला,संस्कृतिले गाँउमा आउने पर्यटकको मन आकर्षण गर्छ भने यहाँ बाट देखिने बिभिन्न हिमशृखलाहरु र प्राकृतिक छटाले मानिसहरुलाई ल्योभ्याउछ । चारैतिर हरियाली पहाड, उकाली ओराली र नागबेली ढुंगा छापेका बाटाहरु बाटाको दायाँ बायाँ ढुंङगाले छाएका घरहरु अनि थाक्रामा मकैका झुत्ताहरु र विभिन्न हिमशृंखलाहरुले उल्लेरी र थाप्ले गाउँलाई सुन्दरता दिएको छ ।


धार्मीक पर्यटन तथा प्राकृति स्रोत र साधनले भरिपूर्ण उक्त गाँउमा रहेको समुन्द्री सतहदेखी २१ सय मिटर उच्चाईमा रहेको सिद्धबाबाको मन्दिर पर्यटनको प्रचुर सम्भावना भएको एक स्थल हो । थाप्लेहिल भनिने यस स्थान बाट माच्छापुच्छ«े,धौवलागिरी,अन्नपूर्ण,गणेश,लाङटाङ,मनास्लु,पुतली,टुकुचे हिमालको राम्रो सँग अवलोकन गर्न सकिन्छ । ८ हजार मिटर उचईका डाँडाकाडाँहरु समेत देखिने यहाँ बाट माच्छापुच्छ«े हिमाल बाघ जस्तो देखिने भएकाले यसलाई टाईगर हिल नामाकरण गरिएको हो । पर्यटनको प्रचुर सम्भावना हुदा हुदै पनि उक्त स्थान सधै ओझेलमा प¥यो ।
एकै स्थान बाट यतिका हिमाल देखिने हिमालप्रेमी पर्यटकहरु साच्चिकै एकैथलोमा अवलोकन गर्न यस्तै गन्तव्यको खोजी गर्छन् होला । त्यतिमात्र नभई १०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी,बन्यजन्तुहरु तथा ऐतिहासिकस्थल छन् यहाँ भित्र । तर, पर्याप्त सम्भावना बोकेको थाप्लेमा पर्यटक भित्र्याउने र यहाँको प्रचुर सम्भावनालाई नियाल्ने दरिलो प्रयास हुन सकेको छैन । सम्भावनाको प्रशस्त ढोका छन् तर प्रचारप्रसारको अभाव छ यो ठाँउलाई ।
पर्यटकहरु हिमाल हेर्न टाढा टाढा पुग्ने तर हिमालको राम्रो अवलोकन गर्न सक्ने नजिकको ठाँउ पछी पर्न थालेपछि अहिँले स्थानियवासीले यस क्षेत्रको पर्यटन प्रचार प्रसारमा समेत ध्यान दिन थालेका छन् ।
उल्लेरी देखि टाईगर हिल थाप्ले क्षेत्रमा पर्यटकिय क्षेत्रको अब्वल सम्भावना भए पनि पर्यटकिय क्षेत्रको रुपमा पहिचान गर्न नसकिरहेको भन्दै नमुना पर्यटकीय स्थल बनाउन यतिबेला स्थानियवासीहरु सक्रिय बनेका छन् ।

गाँउमा होमस्टे सँगै उल्लेरी देखि टाईगरहिल सम्म १ हजार मिटर पैदल मार्ग निर्माण गर्न स्थानियवासीहरु लगिपरेका छन् । यो सँगै टाईगरहिलमा भ्यूटावर,बौद्धगुम्बा र शिद्धबाबाको मन्दिर समेत निर्माण गरिने भएको छ ।
हिमशृंखलाहरुको राम्रो अनुभव लिन सकिने उक्त ठाँउ अब “हिमाल हेर्दै माथी चडौँ,हिमाल हेर्दै तल झरौँ” पर्यटकिय गाँउकोरुपमा विकसित हुने भएको छ ।
सिद्धार्थ हाईवे देखि ३ कि.मि. उत्तरमा पर्ने उल्लेरी गाँउ देखि टाईगर हिल हुदै राम्चे सम्म ट्रेकिङ रुड निर्माण गरिने भएपछी यो ठाँउ “हिमाल हेर्दै माथी चडौँ,हिमाल हेर्दै तल झरौँ” पर्यटकिय गाउँको रुपमा विकसित हुनेभएको हो । ओझेलमा परेको उक्त क्षेत्रको शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले स्थलगत अध्ययन गर्दै यस स्थान लाई साच्चिकै पर्यटकको पहिलो रोजाईको रुपमा विकास गर्ने बताए । स्थलगत अध्ययनका क्रममा मन्त्री लम्सालले पोखराको नजिक रहेको उक्त ठाँउ पर्यटनको प्रचुर सम्भावना बोकेको भन्दै यस स्थानको विकासका लागि आवश्यक पुर्वाधार निर्माणको लागि सरकार सहयोग गर्न तत्पर रहेको बताए । मन्त्री लम्सालले उल्लेरी देखी टाईगर हिल थाप्ले सम्मको ट्रेकिङरुडको लागि २० लाख रकमको व्यवस्था गर्ने घोषणा समेत गरे । “हिमाल हेर्दै माथी चडौँ,हिमाल हेर्दै तल झरौँ” पर्यटकिय गाँउको रुपमा प्रदेश सरकारले यसलाई विकास गर्ने बताउदै उनले प्रकृतिले दिएको देउराली,वनजंगल,झर्ना र हिमालमा पर्यटकहरुलाई रमाउने र अडाउने बनाउन यस स्थान उक्तम रहेको पनि जनाए ।


उल्लेरी गाँउ देखि ट्रेकिङ शुरु गर्नासाथ हिमाल हेर्दै राम्चे सम्म पुग्न सकिन्छ । ट्रेकिङ शुरु गरेको स्थान देखि टाईगरहिल हुदै राम्चे सम्म पुग्ने पर्यटकले अब ट्रेकिङ रुड निर्माण भएपछि हिमाल हेर्दै उकाली र हिमाल हेर्दै ओराली गर्न पाउने छन्, स्थानिय मान ब.गुरुङले भने”अब बाह्य तथा आन्तरिक पर्यटकहरु हिमाल हेर्न तथा ट्रेकिङ गर्न टाढा टाढा पुग्नुपर्दैन । पोखराको फेवातालमा आएका पर्यटकहहरुलाई टाईगर हिल थाप्ले सम्म पु¥याउने योजनाका साथ आफुहरु लागेको बताउदै उनले भने पोखरा आएका पर्यटकहरुलाई थाप्ले नगई नर्फकिने बनाउछौँ ।
प्रर्यटन क्षेत्रको राम्रो सम्भावना देखिएपछि पर्यटकीय गाँउ बनाउने अभियानमा लागेको बताउदै गुरुङले भने गाउँलेहरुमा उच्च मनोबल छ, त्यतिकै सक्रियता पनि छ ।
मनमोहक दृष्यले उल्लेरी थाप्ले पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ । नजिकै रहेका जंगलहरुमा फागुन–चैत महिनामा ढकमक्क फुल्ने लालीगुराँसले पनि सबैको मन लोभ्याउँछ । यस ठाउँको मुख्य सौन्दर्य र आकर्षण भनेको विभिन्न हिमशृंखलाहरु, लालिगुराँस र वनजंगल,डाँडाकाँडा तथा टाकुरा,मठ मन्दिर र संस्कृति हो । उल्लेरी देखि टाईगर हिल हुदैँ राम्चे जोड्ने गरि नयाँ पैदलमार्गको रुपमा यसलाई विकास गर्ने र नमुना पर्यटकीय क्षेत्र वनाउन सकिने स्थानियवासीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!