पर्वत काँग्रेसका नेता यसरी जुटे गाउँ जागरण अभियानमा - News site from Nepal
पर्वत काँग्रेसका नेता यसरी जुटे गाउँ जागरण अभियानमा

पर्वत– स्थानीय तहको निर्वाचनपछि देशैभरी नराम्रो नतिजा पाएको नेपाली काँग्रेसले यतिबेला गाउँगाउँमा पुगेर बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु समेत जिल्ला भ्रमण र कार्यकर्ता भेटघाटमा ब्यस्त रहेका बेला नेपाली काँग्रेस पर्वतले पनि जिल्लाका बिभिन्न स्थानमा पुगेर कार्यकर्ताहरुसंग भेटघाट गरिरहेको छ । केही नेताहरु सदरमुकाम केन्द्रित भएर बस्ने तथा गाउँमा रहेका नेताहरुले पनि पार्टीको पुनजागरणका लागि सक्रियता नदेखाएको भनी कार्यकर्ताहरुको गुनासो बढीरहेको बेलामा नेपाली काँग्रेस पर्वतका नेताहरु भने यतिबेला गाउँ दौडाहामा रहेका छन । सदरमुकाममा मात्रै केन्द्रित हुँदै काँग्रेसका नेताहरु यतिबेला पर्वतको दक्षिणी क्षेत्रमा पुगेका छन् ।

उनीहरुले टोलटोलमा पुगेर काँग्रेसप्रतिको जागरण पुनस्थापित गराउन लागिपरेका छन । नेपाली काँग्रेस पर्वतको टोली गएको चैत १८ गतेदेखि फलेवास नगरपालिका अन्तर्गत वडा नं. ११ पाङराङमा पुगेको थियो । १९ गते काँग्रेस महामन्त्री शशांक कोईराला सहभागी हुनुभएको हुवासको कार्यक्रममा पुगेको टोलीले आज मात्र शालिग्राम, वहाकी, बेउलीबास, टकलाक र उराममा पुगेको छ । भ्रमण टोलीमा सांसद लालकाजी गुरुङ, प्रदेश सभा सदस्य ललितकला गुरुङ, नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, पार्टी सचिव विश्वप्रकाश प्रसाईँ, पूर्व सभापति नवराज गुरुङ, पार्टीका पूर्व मुख्य सचिव ऋषिकेश तिवारी, महासमिति सदस्य बसन्तबहादुर सि.के, पूर्व जिविस उपसभापति तथा नेता रामशर्मा पौडेल, काँग्रेस नेता जीतबहादुर नेपाली, नेतृ रेखा गुरुङ लगायत रहनुभएको छ । यो अभियानलाई निरन्तर संचालन गर्ने नेता राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी चुनावमा नेपाली काँग्रेलाई पुःन बिजयी गराउन निरन्तर गाउँ जागरण अभियान थाल्ने पौडेलले बताउनुभयो ।
भ्रमणका क्रममा विभिन्न राजनैतिक दलमा आस्था राख्नेहरु नेपाली काँग्रेसमा प्रवेश गरिरहेको भ्रमण टोलीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!