कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, देउवा र पौडेलबीचको भागबण्डा मिल्यो - News site from Nepal

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय सानेपामा अपरान्ह ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।
यसअघि हिजो शीर्ष नेताबीच केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा औपचारिक छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच लामो समय सोही विषयमा सहमति जुट्न सकेको थिएन । दुबै पक्षबीच ६०/४० को भागबण्डामा सहमति जुटेपछि समितिको बैठक बस्न लागेको हो ।
सभापति सहित ७ जना पदाधिकारी र २१ जना सदस्य रहने गरी २९ सदस्यीय समिति बनाउने तयारी रहेको एक नेताले बताए । यसअघि बनेको कार्यसम्पादन समितिमा विधान विपरीत धेरै संख्या राखेको भन्दै केन्द्रीय कार्यसमितिमा चर्को आलोचना भएपछि विघटन गरिएको थियो ।
आजको बैठकमा केन्द्रीय विभाग संयोजक चयनका विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!