दुई दिन सतर्क रहनुस्, मौसम विभाग भन्छ-हावाहुरी सहित वर्षा - News site from Nepal
दुई दिन सतर्क रहनुस्, मौसम विभाग भन्छ-हावाहुरी सहित वर्षा

काठमाडौ‌ं : काठमाडौ उपत्यका सहित देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन सहित पानी परिरहेको छ।
देशका मध्य भेगका अधिकांश स्थान, पूर्व र पश्चिमका केही स्थानमा मौसम बदली भएर मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसोपख मौसम केही खुले पनि शनिबार बेलुकीसम्मै मौसममा पूरै सुधार नआउने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।
पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको उनले बताइन्। ‘यो प्रणाली अहिले काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको छ’, उनले भनिन्, ‘यसकै प्रभावले उपत्यका र देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउनुपर्छ।’ 
पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ। झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि आज दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ।  आइतबार र सोमबार पनि मौसम खुल्ने सम्भावना कम रहेको महाशाखाको अनुमान छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!