माधब पराजुली/,विहादी पर्वत
पर्वतको विहादी गाँउपालिका वडा नं. ४ स्थित रम्भादेवी माता प्रा.वि.को ३० औँ बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ ।
बिद्यालय ३० बर्ष पुगेको अवसरमा आईतवार बिधालयमा एक भव्य कार्यक्रमा बिच बिद्यालयले बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिहादी गाँउपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले प्राविधिक तथा व्यवसायीक शिक्षालेनै बिद्यार्थीको दक्षता वृद्धि गर्न सकिने बताए । प्राविधिक तथा व्यवहारिक शिक्षालेनै गर्दा विकसित देशहरुले समृद्धि प्राप्त गर्न सकेको चर्चा गर्दै नेपालमा दिदै आएको हालको बुर्जुवा शिक्षालाई तत्काल परिमार्जन गनुपर्नेमा जोड दिए ।
“आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास नहुनुमा हामीले अहिलेसम्म पाउँदै आएको अनुत्पादक औपचारिक शिक्षा नै हो, अध्यक्ष भुषलले भने” वा प्राविधिक शिक्षा पाउन नसक्नु हो । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेको बताउदै प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न नपर्ने बताए । “आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो उनले भने,यस तर्फ गाँउपालिकाले बिशेष योजना बनाउदै छ” ।
नेपाली काङग्रेस जिल्ला कार्य समिति पर्वतका सभापति खिम प्रसाद भुषालले वर्तमान समय सापेक्ष अनुसार नेपालका कुनै पनि सामुदायिक बिद्यालयहरु चल्न नसकेको टिप्पणी गरे । उनले नेपालका सरकारी बिधालयमा हाल दिदै आएको पुरातनवादी गुजरे शिक्षाले मुलुक हित नगर्ने बताउदै सरकारले गुणस्तरिय शिक्षाका लागि नयाँ कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका नेता ऋषि भुषाल लक्ष्मि भवन मा.वि.का प्र.अ.दुर्गा प्रसाद भुषाल,बिद्यालयका प्र.अ.सन्तोष शर्मा भुषाल र श्षिक गोपाल बम लगाएतले बोलेका थिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयका शिक्षक विष्णु प्रसाद भुषाल र कार्यक्रमको सञ्चालन पूर्व बिद्यार्थी लक्ष्मि भुषालले गर्नुभएको थियो ।