सुन्न र हेर्न नभुल्नुहोला ! प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने, विपक्षीलाई जवाफ दिने - News site from Nepal

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीले कार्यव्यस्थता भने पनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको चेपुवामा परेका कारण संसदलाई गर्ने भनिएको आफ्नो सम्बोधन टालेका थिए ।

आइतबार अवस्था केही फेरिएको छ । वाइड बडीका सम्बन्धमा सांसदबिच मत बाझिएको छ भने रेशम चौधरीको शपथ पनि भएको छ । प्रधानमन्त्री ओलीले आइतबारको सम्बोधनमा वाइड बडी भ्रष्टाचारसहितका विषयमा बोल्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!