लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको पिपलटारीका गर्भवती महिलालाई अण्डा र नुन - News site from Nepal
पर्वतको पिपलटारीका गर्भवती महिलालाई अण्डा र नुन

पर्वत– कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा वडा कार्यालय र स्वास्थ्य चौकी को संयोजनमा गर्भवती महिलाहरु लाई पोषण का लागि अन्डा र आयोडिन नुन बितरण गरिएको छ ।
वडा भित्र रहेका गर्भवति महलिाहरुलाई बिहिबार अन्डा र आयोडिन नुन बितरण गरिएको हो । गर्भवति महिलाईलाई अण्डा र नुन बितरण गर्दै वडा अध्यक्ष सुजन बिकले गर्भावस्थामा बच्चा र आमा कसरी स्बास्थ रहने भन्ने बारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताए । वडामा यो कार्यक्रम पहिलो भएकोले यो कार्यक्रमलाई आगामि वर्षदेखि अझ व्यवस्थित एंव नियमित गर्दै जाने बताए ।
स्वास्थ चौकी इन्चार्ज राम बहादुर खड्काले पोषण सामाग्री बितरण संगै गर्भवतिलाई गर्भाबस्थामा ध्यान दिनुपर्ने कुरा, गर्भ जाचँ, लगाउनुपर्ने खोप र नियमित खानुपर्ने आईरन चक्की जस्ता कुराहरुमा ज्ञान दिएको बताए ।
सुत्केरीको मृत्यु हुने दर शुन्य गर्न पनि यस्तो अभियान चलाएको नगर कार्यपालिका सदस्य देबेन्द्र बहादुर नेपालिले बताए ।
सो अभियानमा वडा सदस्य दिवाकर शर्मा तिवारी, वडा सचिव नारायण लमिछाने तथा विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!