चितुवाबाट जोगिन पूजा, दर्जन बोका दिइयो बलि - News site from Nepal
चितुवाबाट जोगिन पूजा, दर्जन बोका दिइयो बलि

काठमाडौं : सबै उपाय लगाउँदा पनि संकट नरे मानिस भन्छन्– ‘भगवान सम्झनुस्।’ तनहुँको भानुनगरका बासिन्दाले सोमबार त्यसै गरे। ठूलो संख्यामा भेला भएर उनीहरुले कालीकादेवीको र भीमसेन थुम्की मन्दिरमा पूजाआजा गरे।
चितुवाको आक्रमणबाट जोगिन दर्जन बोकाको बलि दिए। देवी रिसाएर चितुवा आतंक बढेको आशंकामा भानुका चारवटा वडाका बासिन्दाले कालीकादेवी मन्दिरमा पूजाआजा लगाएको समाचार कान्तिपुर दैनिकमा छ।
‘देवी पो रिसाएर हो कि भनेर खुसी पार्न पूजा गरका हौं,’ सीता अधिकारीले भनिन्, ‘जोगिने सबै उपाय लगाए पनि हामीले देवता सम्भिनै पर्छ। त्यो पो छुट्यो कि भन्ने भएर पूजामा जुटेका हौं।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!