पर्वतमा यसरी शुरु हुँदैछ स्वास्थ्य बीमा कार्यक्रम - News site from Nepal
पर्वतमा यसरी शुरु हुँदैछ स्वास्थ्य बीमा कार्यक्रम

पर्वत–पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम देशका ४६ जिल्लामा लागु हुंँदा समेत पर्वतमा संचालन हुन नसकेको अवस्थामा यो कार्यक्रम आगामी कार्तिकदेखि लागु हुने गरि काम अगाडी बढेको हो ।
स्वास्थ्य विमा कार्यान्वयन हुनु पूर्व पहिलो चरणमा स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधीहरुका लागि स्वास्थ्य बीमा संवन्धि अभिमुखीकरण गर्ने क्रममा आजदेखि मोदी गाउंपालीकामा अभिमुखीकरण शुरु भएको छ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । यो अभियान क्रमश सवै नगरपालीका र गाउँपालीकामा अभिमुखीकरण आयोजना हुनेछन । यसका लागि स्वास्थ्य बीमा वोर्डका प्रतिनिधी यतिवेला पर्वतमा आउनुभएको छ । कार्यक्रममा मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत सहित सवै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अव प्रत्येक वार्डमा नाम दर्ता सहयोगी छनौट गरिसकेपछि यो कार्यक्रम लागु हुनेछ । यो वर्ष पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गराउनका लागि पर्वत जिल्ला अस्पतालको तर्फबाट अध्यक्ष पहाडीले विशेष पहल गर्नुभएको थियो ।
स्वास्थ्य बीमाका सम्वन्धमा विस्तृतमा बुझेर यसबाट लाभ लिन अस्पतालले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!