कुश्मा–बलेवा यान्त्रिक पुलको आठौ साधारण सभा सम्पन्न - News site from Nepal
कुश्मा–बलेवा यान्त्रिक पुलको आठौ साधारण सभा सम्पन्न

पर्वत– केवलकार मोडलमा निर्माण गरिएको कुुस्मा बलेवा यान्त्रिक पुल पर्वतको कुस्मा र दक्षिण बागलुङ्गका स्थानीयबासीका लागि यातयातको बिश्वासिलो साधनको रुपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको बिहीबार कुस्मामा सम्पन्न आठौँ साधारणसभामा बोल्ने बक्ताहरुले यान्त्रिक पुलले यस क्षेत्रका बासिन्दाका लागि यातयातको भरपर्दो साधनको रुपमा बिकास भएको बताएका हुन ।
यान्त्रिकपुलले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाएको मात्रै नभई यातयातको भरपर्दो साधनको रुपमा बिगत आठ बर्ष देखि सेवा दिएको उनीहरुको भनाई थियो । केही समय पहिले यान्त्रिकपुलका बिरुद्ध अफवाह फैलाउने प्रयास भएको भन्दै बक्ताहरुले गलत सुचना राखेर अफवाह फैलाउनेलाई काबार्ही गर्नुपर्ने माग पनि उनीहरुको थियो ।
साधारणसभामा बोल्दै यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले पुलले यस क्षेत्रको आर्थिक,सामाजिक, पर्यटकीय क्षेत्रमा ठुलो प्रभाब पारेको बताउँदै जनताले सहज यातयातको सुबिधा समेत पाएका कारण यस क्षेत्रको सबैभन्दा भरपर्दो सवारीको साधन भएको छ भन्नुभयो । उहाँले तीज, दशै जस्ता यात्रुहरुको चाप हुने समयमा अफवाह फैलाउने तत्व सक्रिय हुँदै आएको बताउँदै त्यस्ता तत्वको खोजी गरि काबार्हीको प्रकृयामा ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
यान्त्रिक पुलको लठ्ठा र इन्जिनको १ सय बर्ष ग्यारेन्टी हुने भएकाले लठ्ठा छिन्ने कुरा कल्पना पनि गर्न नसकिने प्राबिधीकहरुले समेत स्पष्ट पारेका थिए । बिश्वब्यापी रुपमा ठुला केवलकार, रेलवे, लिफ्टहरुमा प्रयोग हुने उषा मार्टिन ब्राण्डको केवल राखिएका कारण यसको सुरक्षाका बारेमा कुनै चिन्ता नलिन इन्जिनियर अच्युत खतिवडाले आग्रह गर्नुभयो ।‘ माटो नै भासिएर गएमा भन्न सकिन्न’ उहाँले भन्नुभयो ‘लठठा वेल्डिङ्ग गरेर चलाउने चीज नै होइन, सुरक्षाका बिषयमा ढुक्क हुनुस’
साधारणसभामा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले पनि गलत सुचना राखेर जनतामा भ्रम फैलाउने तत्वको खोजी भैरहेको जानकारी दिनुभएको थियो । उहाँले छिट्टै प्रकाउ गरि कानुनी काबार्हीको प्रकृया अगाडी बढाउने जानकारी पनि दिनुभयो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले यान्त्रिकपुलले कुस्मा र बलेवा क्षेत्रको ब्यबसायमा समेत ठुलो प्रभाब छाड्न सफल भएको बताउनुभयो ।
साधारणसभामा सेयर सदस्यहरु कमलनाथ शर्मा, ऋषिराम सुबेदी, सञ्चालक सदस्य गोपी अधिकारी, लगायतले पनि यान्त्रिक पुलका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । साधारणसभाले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै लाभाँस बितरण गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!