लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
गण्डकी प्रदेशको बजेट बहुमतले पारित - News site from Nepal
गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेशको बजेट शुक्रबारको प्रदेशसभाले बहुमतले परित गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले असार १ गते ३२ अर्ब १३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका थिए । 

बजेटमा विभिन्न मन्त्रालयगत छलफल भएपछि सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् । बजेट पारित हुनुअघि मन्त्री गुरुङले बजेट पारित गर्ने प्रस्ताव पेश गरेका थिए ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटमा संशोधन हालेको थियो । कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले बजेटमा १०० रुपैयाँ घटाउन संशोधन हाले पनि उक्त प्रस्ताव बहुमतले खारेज गरेको थियो । बजेटलाई खेस्राको संज्ञा दिँदै प्रतिपक्षी दल समाजवादी पार्टीले भने बजेट बहिस्कार गर्दै छलफलमा भाग लिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari