क्लिन फलेवास ग्रिन फलेवास अभियानको आज राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा भव्य शुभारम्भ गरिँदै - News site from Nepal

लक्ष्मण बिश्वकर्मा
फलेवास /
पर्वतको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा कुचो लिएर सरसफाइ कार्यमा जुट्नुभएको छ ।
नगरपालिकाले संचालन गरेको क्लिन फलेवास, ग्रिन फलेवास अभियानलाई कार्यनयन गर्नको लागि सरसफाइ कार्यको आफैबाट थालनी गर्नुपर्छ भन्दै शर्मा सरसफाइ कार्य जुट्नुभएको हो ।
सोमबार जनप्रतिनिधि र नगरका कर्मचारीहरुले नगरपालिकाको कार्यालय परिसरमा सरसफाइ गरेका छन । नगरप्रमुख शर्माले भन्नुभयो “ सबै मानिसले आफ्नो घर, गाउँ ठाउँ, सार्वजनिक स्थलको आफैबाट सफाईको थालनी गर्नुपर्छ भन्ने भावना भयो भने हामीले थालनी गरेको अभियान पुर्ण सफल हुन्छ” । 
नगरपालिकाले थालनी गरेको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि सकारात्मक सोचका साथ मनदेखिनै सबैले साथ दिन र सहयोग गर्न उहाले आग्रह गर्नुभयो ।
नगरमा रहेका ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थालहरुको संरक्षण र प्रबर्द्धन गर्न र नगरलाई सुन्दर सान्त, हरियाली बनाउन यो अभियानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । नगरपालिकाले थालनी गरेको क्लिन फलेवास ग्रिन फलेवास अभियानलाई प्रभावकारी बनाउन नगर स्तरीय क्लिन फलेवास, ग्रिन फलेवास समित गठन भएको छ, भने प्रत्येक वार्डमा वार्ड अध्यक्षको संयोजकत्वमा क्लिन वार्ड ग्रिन वार्ड समिति, नगरका सबै वार्डका टोलहरुमा १०० भन्दा बढी क्लिन टोल, ग्रिन टोल समिति र बिधालयहरुमा क्लिन बिधालय ग्रिन बिधालय समिति गठन गरिएको छ । गठित समितिहरुलाई परिचालन गरि सरसफाइलाई दिगो रुपमा निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । सबै वार्डमा गठित समितिका अध्यक्ष र सचिवहरूलाई सरसफाइ सम्बन्धि तालिम पनि प्रदान गरिएको छ । यहि आज बिश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!