पदयात्रा पर्यटनको लागि आर्थिक सहयोग - News site from Nepal
पदयात्रा पर्यटनको लागि आर्थिक सहयोग

पोखरा
२०७६/०१/२२
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले पदयात्रा पर्यटनलाई लक्षित गरि एक लाख ७० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
संङघले पर्यटकीय स्थल विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडन लेक पुग्ने पदयात्रामार्गको विकासका लागि एक लाख ५० हजार रुपैया सहयोग गरेको हो ।
त्यस्तै उक्त पदमार्ग क्षेत्रको सरसफाईलाई लक्षित गरि विरेठाँटी आमा समुह र विरेठाँटी युवा क्लवलाई १०। १० हजार रुपैया सहयोग गरियो ।
विरेठाँटीमा आज आयोजित एक समारोहका बीच संघका अध्यक्ष हरि भुजेलले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष भुजेलले पदयात्रा पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउँदै यसको विकास र संरक्षणका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
जथाभावि बाटो खन्ने नाममा पदमार्गहरु मासिदै गएको बास्ताविकतामा यिनीहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिंदै उहाँले बैकल्पिक पदमार्गको विकासलाई पनि संगसंगै लैजानुपर्ने धारणा राख्नुभयो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले रमणीय दृष्यावलोकन सहित पदयात्रा गर्न पाउँनु पर्यटकका लागि महत्वपूर्ण पक्ष भएको बताउँदै पदयात्राका साथै खाने बस्ने ठाउँ र सुरक्षाको प्रत्याभूति आवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!