क्षत्री समाज पर्वतद्वारा पालिका स्तरीय समिति विस्तार - News site from Nepal
क्षत्री समाज पर्वतद्वारा पालिका स्तरीय समिति विस्तार

पर्वत– क्षत्री समाज पर्वतले पर्वतका सातवटै स्थानीय तहमा पालिका स्तरीय समिति विस्तार अभियान सञ्चालन गरेको छ । पुनः संरचना पश्चात् क्षत्री समाज पर्वतले पहिलोपटक नयाँ संरचनामा समिति विस्तार गर्न लागेको हो ।
अभियानका क्रममा फलेवास नगरपालिका, कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा समिति गठन गरिसकेको छ भने अन्य स्थानीय तहमा समितिलाई पूर्णता दिने तयारी भइरहेको छ । क्षत्री समाज पर्वतका उपाध्यक्ष सरस्वती भण्डारीले दिएको जानकारी अनुसार फलेवास नगरपालिकामा बाबुकाजी घिमिरे क्षत्रीको संयोजकत्वमा ९ सदस्यीय फलेवास नगरपालिका स्तरीय समिति विस्तार भएको छ भने जलजला गाउँपालिकामा खड्कबहादुर कार्की क्षत्रीको संयोजकत्वमा ११ सदस्यीय पालिका स्तरीय क्षत्री समाज गठन भएको छ ।
आइतबार कुश्मा नगरपालिकामा निर्मल चन्द्र क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय समिति विस्तार भएको छ । समितिको प्रथम उपाध्यक्षमा गौरी कार्की क्षत्री, द्धितीय उपाध्यक्षमा कृष्णबहादुर क्षत्री, सचिवमा गणेशबहादुर क्षेत्री र कोषाध्यक्षमा मिना केसी बानिया क्षत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रबहादुर क्षत्री, रामबहादुर क्षत्री, तिलकबहादुर लामिछाने, सन्तोष थापा, बलराम क्षेत्री, शेरबहादुर क्षत्री, रविन्द्र थापा क्षेत्री र सुरेश पिसी रहेका छन् ।
सोही भेलाले लालबहादुर खत्री क्षेत्री, दिनेश अधिकारी र गंगाबहादुर जिसीलाई सल्लाहकारमा समेत चयन गरेको छ । निकट भविष्यमा नै जिल्ला स्तरीय समितिको अधिवेशन हुने भएकाले समिति विस्तार अभियान सञ्चालन गरिएको उपाध्यक्ष भण्डारीले जानकारी दिइन् । अन्य गाउँपालिकाहरुमा समिति विस्तार अभियान भइरहेको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!