पर्वत जिल्ला कारागारका कैदिबन्दीलाई मानसिक स्वास्थ्य बारे सचेतिकरण - News site from Nepal

पर्वत- जिल्ला कारागार कार्यालय पर्वतमा मानसिक स्वास्थ्य सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न कारणले कैदिबन्दी जीवन विताईरहेकाहरुमा मानसिक सम्वन्धि समस्या नआओस भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा कैदि बन्दीहरुलाई मानसिक रोग सम्वन्धि समस्या, लक्षण र रोग निदानका उपायबारेमा जानकारी गराईएको थियो । झण्डै एक सयको संख्यामा रहेका कैदि बन्दीहरुमध्ये केहिमा मानसिक रोगको समस्या समेत देखिएको थियो । केहि कैदिबन्दीले नियमित रुपमा औषधी समेत प्रयोग गरिरहेको पाईएको छ ।
उनिहरुलाई पनि रोग निदान र उपचारका बारेमा सहजीकरण गरिएको थियो । कार्यक्रममा जिल्ला अस्पताल पर्वतका निमित्ति प्रमुख डा. सन्तोषी थपलिया र डा.विष्णु भण्डारीले मानसिक रोग, लक्षण र उपचार पद्धतिका बारेमा सहजीकरण गर्नुभएको थियो । सो अवसरमा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिना महर्जनले कार्यालयले संचालन गरेको मानसिक स्वास्थ्य सम्वन्धि अभियानको बारेमा जानकारी दिनुभएको थियो ।
सोहि अवसरमा कैदि बन्दीहरुको क्षयरोग परिक्षणका लागि खकार संकलन गर्न बोत्तल समेत वितरण गरिएको छ । उनिहरु सवैको खकार संकलन गरेर सवैको क्षयरोगको परिक्षण समेत गरिने कार्यालय प्रमुख महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!