लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
संघीय संसदको बैठक बसेको आज एक वर्ष पूरा - News site from Nepal
संघीय संसदको बैठक बसेको आज एक वर्ष पूरा

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक बसेको आज एक वर्ष पूरा भएको छ । निर्वाचनपछि गठन भएको प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।
यो बीचमा संविधान अनुसार कानुन संशोधन देखि संविधानले तोकेका कानुन निर्माणसम्मका कानुन बनाएको सरकारको दावी छ । जसमा प्रतिपक्षी दलको साथ र सहयोग पनि उल्लेख्य रह्यो । गत असोज २ गते अघि नै मौलिक हक कार्यान्वयन गर्ने १७ वटा कानुन र सोमबारसम्ममा संविधानसँग बाँझिएका १ सय ६१ वटा कानुन संशोधन भएका छन् ।
संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारसम्बन्धी कानुन बनाउने प्रक्रिया पनि सुरु भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । तर जनतासँग प्रत्यक्ष जोडिएका बिषय सम्बोधनमा भने सरकार चुकेको आरोप प्रतिपक्षी दलहरुको छ । सदन र सरकारबीचको दुरी फराकिलो बन्दै गएको प्रतिपक्षीको आरोप छ ।
कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारले जनसरोकारका बिषय संसदमा प्रवेश गराउन नसकेको आरोप लगाउँदै प्रतिपक्षी दलको साथ र सहयोगका बीच पनि संसदबाट उल्लेख्य काम गर्न भने सरकार चुकेको आरोप लगाउनुभयो ।
  यसैबीच प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक आज बस्दैछ । दिउ“सो एक बजेका लागि बोलाईएको प्रतिनिधिसभा बैठकमा सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।  दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सो विधेयक बैठकमा प्रस्तुत गर्नुहुनेछ । 

http://bit.ly/2IRNwdA

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!