याम बहादर थापा मगर
बागलुड न.पा. १० भकण्डे
पृष्ठभूमि
सिक्ने र सिकाउने जीवनका महत्वपूर्ण पाटाहरु हुन् । जिवन प्रत्यन मानिसले सिकिरहन खोज्नु र सिकाउन चाहाने प्रवृत्ति राजनीतिशास्त्र र शिक्षाशास्त्रमा पाइन्छ । स्वार्थवशका सिकाइ राजनीतिमा पद र प्रतिस्ठा प्राप्तीका लागि बार्गेनिङ गर्ने आधारका लागि र शिक्षाशास्त्रको सिकाइलाई धन आर्जनका लागि व्यापारीकरण भै मुनाफाका लागि बढी मात्रमा भएको पाइन्छ । तुलनात्मक रुपमा सेवामुलक र नागरिक समाजको आम हितका लागि निरन्तर सिकाइ गरिरहने परिपाटीको विकासमा टेवा पुरयाउन जरुरी भएको छ ।प्रशिक्षण,तालिम,अन्तत्र्रिmया,बहस,चौतारी,जनता जान्न चाहान्छन्,बादविवाद,निबन्ध लेखन,सहजीकरण लगायतका कार्यक्रमहरु निश्चित श्रोत र साधन परिचालन गरी संस्थागत माध्यमद्धारा गरिदै आएको पाइन्छ । कागजी प्रक्रिया मार्फत अपौचारिकतामा बढी केन्द्रित भई प्रतिफललाई न्यूनतम विन्दुमा पनि हासिल गर्न नसक्ने योजना,कार्यक्रम,आयोजनाका परिदृश्यहरु समाजमा प्रशस्त मात्रामा देखा परेका छन् ।
मानवजगतको भलो नै सर्बोतम भलो भन्ने आम मान्यतालाई सर्वोपरी ठान्निछ । आफुले सिकेका र जानेका ज्ञानका कुरालाई बाँडनु नै शिक्षाले बोकेको अब्बल मर्म हो । विद्यार्थी युवा भनेका देशका कर्णधार हुन तर कतै कर्णभारका रुपमा रुपान्तरण त भएका छैन भन्ने दिशा तिर ख्याल गर्नुपर्ने भएको छ । विद्यार्थीहरुको सिकाइमा गुणस्तर भै दक्ष जनशक्ति भएमा गाउँ बस्तीको मुहारमा चमक आउने गर्दछ । तर विद्यार्थी तथा युवाहरु कुलत,कुविचार, कुसँस्कारमा लागी परेमा गाउँ बस्तीको भविष्य अध्याँरो दिशामा अस्ताउँदो दिशामा पुगेको हुन्छ । दुर्गम विकट क्षेत्रमा जनशक्तिको चेतनास्तरमा न्यूनता पाएकोले शिक्षकहरुले नियमित अध्ययन गराइरहेको समय बाहेक उत्प्रेरणा,सकारात्मक सोच र अध्ययन संस्कृतिको विकासका लागि एक दिने अनुशिक्षण गर्ने फुर्सदको समय व्यवस्थापन गर्ने कार्ययोजना तय भयो ।
शूरुवातमा एक दुई विद्यालयमा अभिभावक,शिक्षक, विद्यार्थीहरुलाई सँगै राखी अनुशिक्षण गर्दा शिक्षकहरुले सिक्न नचाहने,अभिभावकहरु खबर नपाई विद्यालयमा नआउने र खाली विद्यार्थीहरुलाई मात्र कक्षा कोठामा राखी दुई तिन घण्टा सहजीकरण गर्न थाले । लोक सेवा आयोगको परिक्षा प्रणालीको बारेमा होला तपाई सबैलाई खाली लोक सेवा आयोगको पढाइका बारेमा प्रशिक्षण गर्दा सबैले कहाँ पास गर्न सक्दछन । सबैका लागि उपयुक्त हुदैन । भन्ने गुनासोलाई व्यवस्थापन गर्नका लागि सहजीकरण विधिलाई सकारात्मक सोच,अध्ययन सस्कृति,उत्प्रेरणा, जागरणमुलक,चेतनामुलक दिशामा बदल्ने काम गरे । जसले लोक सेवा आयोग,शिक्षक सेवा आयोग लगायत जुनसुकै विद्यालय,विश्वविद्यालयका विद्यार्थीहरुका लागि पनि अभाव रहेको ज्ञान,शिप आपूर्ति हुने विश्वास लिए ।
निशल्क कि सशुल्क हो अनुशिक्षण
तपाईले संचालन गरेको अनुशिक्षण कार्यक्रमको समाचार अनलाइन,फेसबुक, पत्रपत्रिका,एफ.एम.मा धेरै सुनियो । कुन संस्थाको सहयोगमा कार्यक्रम संचालन गरेको हो ? कति शुल्क लाग्दछ भन्ने जिज्ञासा राख्ने साथीहरु धेरै भेटियो । धेरै साथीहरुले फेसबुकमा शेयर, कमेन्ट दिएर बधार्ई शुभकामना,राम्रो काम,उदाहरीयण कार्य भनेर शभकामना दिए । तर ति साथीहरुले मेरो गाउँमा भएको विद्यालय, संघ सस्था पनि पठन संस्कृति,अध्ययन संस्कृति,सकारात्मक सोच र उत्प्रेरणा सम्बन्धी त्यस्तै कार्यक्रम आयोजना गर्दछौ तपाईले सहजीकरण गरी दिनु परयो भनेर निकै कम साथीहरुले भनेका छन् ।लाइक,कमेन्ट नगर्ने सामाजिक सञ्जालका हजारौ साथीहरु पनि होलान । ति साथीहरुसँग समेत सहकार्य गर्न गर्न आतुर छु । साथीहरुको गाउँमा भएका युवा क्लब,विद्यालय,आमा समुह,वन समुह,नागरिक समाजसँग जोडिएका साथीमा पनि असल संस्कारका लागि अनुशिक्षण आवश्यक छ भनी म आफुले कसरी बोध गराउने हो ? अलमलमा परे । तपाईहरुको गाउँ बस्तीमा सकारात्मक सोचको विकास र विस्तार गर्नका लागि अनुशिक्षण निशूल्क र सशुल्क जे भएपनि फरक पर्दैन । तर निशूल्क पाएको शिक्षाको कम मात्रामा सहभागीता रहने भएकोले सशूल्क सहितको लगानीमा धेर थोर समायोजन हुन जरुरी भएको सुझाव आएको छ । फेरी शिक्षक, विद्यार्थी,अभिभावक र सरोकारवाला बुद्धिजिवी,पत्रकार,अगुवाहरुलाई एउटै स्थानमा सहभागी गराएर अनुशिक्षण गर्ने परिपाटीको विकास गराउनुका लागि चुनौतीपुर्ण रहेछ । खाली विद्यार्थीहरु मात्र, खाली शिक्षकहरु मात्र कि खाली अभिभावकहरु मात्र सहभागी गराई तालिम हुने गरेकोमा यस अनुशिक्षणमा सबै पक्षलाई समान रुपमा सहभागी गराई अनौपचारिक तरिकाले तुरुन्तै शुरुवात गरिन्छ । आवश्यकता बोध र समय व्यवस्थापन भएमा निशुल्क वा सशुल्क दुवै तरिकामा संचालन गर्न सकिन्छ । हातेमालो र सहकार्यको लागि तपाईको स्थानबाट सक्दो सहयोग र साथ समर्थनको आवश्यकता महशुस समाजले गरीरहेको छ ।
सरकारी कर्मचारीको कसरी फुर्सदमा अनुशिक्षण?
मैले कार्यालयको कामलाई प्रत्यक्ष प्रभाव नपारी समय व्यवस्थापन गरेको छु । जस्तो कि कार्यालय समय बाह्र बजे कसैको मृत्यु भएमा मलामी जानु परयो समय मिलेको छ । कसैको विवाह भोजमा सहभागी हुन दिउसो एक घण्टा समय व्यवस्थापन गरी सहभागीता रहेको हुन्छ । बिरामी भई अस्पतालमा चेक जाँच गराउनको लागि दुई घण्टा समय व्यवस्थापन गर्ने लगायतका काममा सरकारी कर्मचारीहरुले छिटफुट समय दिइएको पाउन सकिन्छ । खाली समय र खाली दिमागमा भुतको बास हुन्छ भन्छन् । त्यसैले शुन्य समयमा विद्यालयको प्रध्यानापकलाई सम्पर्क गरी समय व्यवस्थापन गरी फुर्सदमा अनुशिक्षण भएको छ । अधिकांश समय शुक्रबारको दिनमा गर्ने गरेको छु । सरकारी कर्मचारीले खाली जागीर मात्र खाने सोच भएमा मेरो तलब स्वाभाविक रुपमा पाक्छ । तर जागिरे क्षेत्रका जनसमुदायहरुका लागि केही अमूल्य सम्झना छोडी अमित प्रभाव र सदभाव छोडी जानका लागि फुर्सदको समय सही तरिकाले व्यवस्थापन गरेको जस्तो लाग्दछ । समाजलाई केही दिनु र लिनुको सहकार्यमा दिक्षित र चेतनाका संवाहक पाइलाहरु अगाडी बढाउनको लागि सेतुको काम तर्फ अग्रसर भएको हो । समयलाई सार्वजनिक बिदाको दिनमा समेत सही तरिकाले आगामी दिनमा व्यवस्थापन गर्न सकिन्छ । जागीरको शिलशिलामा भएको क्षमता,दक्षता,शिप,व्यक्तित्व विकासमा अभिवृद्धि हुनुको सट्टा ह्रासउन्मुख भएको पाउन सकिन्छ । कर्मचारीतन्त्रका सबल पक्षको भन्दा दुर्बल पक्षको हालीमुहाली हुँदाको बखतमा । त्यसैले सकारात्मक सोचको विकास स्वय जन जनबाट शुरुवात हुन जरुरी छ ।
अनुशिक्षणका लागि लगानी कति सर ?
मेला,महोत्सवमा लाखौ,करोडौ लगानी गर्ने र पैसालाई महोत्सव स्थान भन्दा समुदायबाट बाहिर पठाउने चलन नेपाली समुदायमा जलन्त उदाहरणहरु प्रशस्त मात्रामा पाइन्छ । महोत्सवमा हुने खर्च अदृश्य रुपमा ठुलो धनराशीको हुन्छ । महोत्सवमा स्थानीय उत्पादन,कला संस्कृतिको संरक्षण भनी नारा राख्ने तर स्थानीय उत्पादनका वस्तु महोत्सवमा दश प्रतिशत पनि हुदैन । स्थानीय कला र संस्कृतिका गित संगीत भन्दा भारतीय,विदेशी गित संगीतमा बढी मात्रामा रमाउने गरेको पाइन्छ । महोत्सवमा हुने कुल खर्च रकमको पाँच प्रतिशत मात्र बजेट भएपछि अनुशिक्षणका लागि काफी मात्राको बजेट हुन्छ । अध्ययन संस्कृति विकास गर्नका लागि किताब किन्न छुटाएको बजेटले सम्पुर्ण समुदायका लागि दिगोरुपमा प्रभाव पारेको हुन्छ । अध्ययन संस्कृतिको लागि विकास र प्रवद्र्धनका लागि टेवा पुगी युवा,विद्यार्थीहरु कुलत,कुरीति,कुसंस्कारमा लाग्नबाट बचावट भै कम लगानीमा समृद्ध समुदायको विकास गर्न सकिन्छ । अनुशिक्षणका लागि लगानी गर्न सोच मात्र विकास गर्ने हो । ठुलो धनराशीको जरुरी पर्दैन । ठुलो खर्चमा हुने महोत्सवको केही अशं,फजुल खर्चमा नियन्त्रण गरी बचेको पैसा,विवाह,जन्म दिनमा गर्ने खर्चको सानो अंशलाई सदुयोग गरेमा कम लगानीमा वृहत प्रतिफल,मुनाफा आर्जन गर्न सकिने कुरामा विश्वत हुन सकिन्छ ।
तमानखोला गाउँपालिका बोेगादोभान,बागलुडका सचिव रेशम बुढा मगरले याम सरको अनुशिक्षण सञ्चालन गरेको समाचार इबागलुङ डट कम ,इपरिन्युज डट कम ,जनमञ्च डट कम,लोकतन्त्र डट कम, राष्ट्रिय समाचार समितिको बुलेटिनमा प्रकाशन, राससको बुलेटिनको समाचारलाई अर्थ सम्वाद डट कम,शुलशुले डट कम, चक्रपथ डट कम, कालिका न्युज डट कम लगायत सामाजिक सञ्जालमा पनि आएको छ कति पैसा लगानी गर्नु पर्छ भनी जिज्ञासा राख्नु भयो ?मैले सकारात्मक सोच,अध्ययन संस्कृति,उत्प्रेरणमुलक कार्यक्रम गरेको धौलागिरी एफ.एम.,सारथी एफ.एम.गल्कोट एफ.एम.गल्कोट,सामुदायिक रेडियो परिर्वतन बुर्तिवाङबाट समेत प्रशारण भएको समाचारको लागि लगानी गर्नुपर्दैन । झन सामुदायिक रेडियो परिवर्तन बुर्तिवाङर्मा परिर्वतन सम्वार्द मा अन्तर सम्वाद पत्रकार राम सुवेदीले आधा घण्टाको कार्यक्रममा अन्तर्वाता लिएका छन् । थप समुदायको लागि समवन्व र सहकार्यलाई प्रकाशन र प्रशारण गरेको लगानी मिडियाको पनि अब्बल भूमिका रहेको हुन्छ । त्यति मात्र होइन कि नागरिक दैनिक,पश्चिमी संस्करण काठमाडौ, ढोरपाटन दैनिक बागलुङ, स्टार साप्ताहिक बागलुङ,परिसुचन साप्ताहिक बागलुङ,मुक्तिक्षेत्र दैनिक बागलुङ, कालिका साप्ताहिक बागलुङ,निशीभुजी साप्ताहिक,बुर्तिवाङ,गल्कोटपत्र साप्ताहिक,गलकोट बागलुङ , जननिगरानी साप्ताहिक बागलुङ लगायत देश विदेशका विविध मिडियाले जागरणमुलक,उत्प्रेरणामुलक अभियानको समाचार,लेख प्रकाशन गर्नु पनि लगानी हो भनी बुझाउन पाउदा खुशी लागेको छ ।
आगामी दिनमा अनुशिक्षणको लागि हातेमालो गर्ने कि ?
आम मानिस अभियन्ता,सहजकर्ता,नागरिक हुन जरुरी छ । आन्तरिक भ्रमणको पवद्र्धन गर्न जरुरी छ । सकारात्मक सोच,पठन संस्कृतिको विकासमा टेवा र उत्प्रेरणामुलक कार्यक्रम गर्ने सोच र चिन्तन तपाईहरुमा पनि हुन अति ढिला भएको छ । यदि मेरो अभियानमा तपाईको साथ सहयोग आवश्यकता महसुस भएमा तपाईको गाउँ बस्तीमा संचालन गर्न चाहेमा हातेमालो गर्न म भविष्यका दिनमा निरन्तर तत्पर छु । कार्यक्रम संचालनको शिलशिलामा हातेमालो गरि सकेपछि अनुशिक्षण संचालन गर्नु भन्दा अगाडीको सोच र चिन्तनमा केही फरक समुदायको मानिसमा फरकपना नआएमा अनुशिक्षणलाई थप बस्तीहरुमा संचालन नगर्ने सल्लाह पनि गरौला । हातेमालोको सहकार्यलाई अगाडी बढाउने कि नबढाउने भन्ने कुरा अनुशिक्षित सहभागीहरु अमूल्य राय,सुझावमा निर्भर रहन्छ ।
अनुशिक्षणका विषय वस्तु बारे जिज्ञासा
अनुशिक्षणमा किन पढ्ने,के का लागि पढने,कसरी पढने जस्ता विषय वस्तुमा सिकाइन्छ । पद प्रतिष्ठा प्राप्तीका लागि संघषपूर्ण जिवनमा अगाडी बढनु बाहेकको विकल्प छैन । व्यक्ति विकासका लागि संगत,अध्ययन,पुस्तकालय,सुचना प्रविधिको अधिकतम सकारात्मक सोचका साथ अधिकतम अब्बल दर्जाको नतिजाको लागि निरन्तर लागि रहनु पर्दछ । पत्रपत्रिका,मोबाइल,टिभी,एफ.एम. प्रयोग गर्ने विधि सिकाइन्छ । अस्थायी साथी मानिसहरु धेरै बनाउने तर स्थायी साथी किताबलाई नै बनाउनु पर्ने, ठुलो लक्ष्य र उद्धेश्य प्राप्तिका लागि प्रतिस्पर्धात्मक हिसाबले लागि रहन सिकाइन्छ । सोच नै राम्रो बनी खोज गर्न आत्म अनुशाशित भै आत्मबल दरिलो गराई लागि रहनु पर्दछ । ज्ञानबद्र्धक डकुमेन्टी, फिल्म,किताबको उदाहरण प्रस्तुत गरिन्छ । गित,स्वदेश गानको उदाहरण प्रस्तुत गरि गितको मर्मलाई व्यक्तित्व विकाससँग जोडिन्छ । साहित्यकार,इतिहासकार,सामाजिक अभिन्यता,खोजकर्ताहरुको उदाहरण प्रस्तुत गरिन्छ । जस्तै थाहा आन्दोलनका अभियन्ता रुप चन्द्र विष्ट मकवानपुर, खोज विषयका अभियन्ता भिम बहादुर थापा, सोच,खोज,कोषका अभियन्ता कर्ण शाक्य लगायतको सविस्तार उदाहरण उल्लेखनीय तरिकाले प्रस्तुत गरिन्छ । अगं दान गर्ने म्याग्दीका चन्द्र के.सी., म्याग्दीका सुचना विज्ञ महाविर पुन मगर, दृष्टिविहिन रमेश प्रसाई, सृष्टि के.सी लगायतको जिवन कथा समेत जानकारी गराइन्छ ।
अनुशिक्षणका विधि र स्थान
अनुशिक्षणका लागि पन्ध्र वा सो भन्दा बढी जागरुक युवा,विद्यार्थी भए पुग्छ । सक्रिय सहभागिहरुको आवश्यकता पर्दछ । आवश्यक परेमा सहभागीहरुले भुमिका समेत खेल्नुपर्दछ । प्रवचन विधिलाई बढी अवलम्बन गरिन्छ । उज्यालो छिर्ने कोठा, सेतो पाटी,मारकर,डस्टर भए पुग्छ । प्रोेजेक्टर,मेटा कार्ड, पेपर लगायत अन्य अनावश्यक सामानहरुको आवश्यकता पर्दैन । अनुभव आदान प्रदानका लागि र टिपोटका लागि कपी र डटपेन भए पुग्दछ । अभिलेखका लागि दैनिकी,निबन्ध,अनुभुति,संस्मरण,घटनाक्रम आलेख तयार गरि पत्रपत्रिकामा प्रकाशन गर्नमा लागि सहभागीहरुलाई अनुरोध गरिन्छ । भोलिका भावि सन्ततिका लागि अनुशिक्षणमा सिकेका विषय वस्तु आफन्त,साथी,नातेदारहरुलाई सिकाउनका लागि कम्तीमा दश जनालाई प्रशारण गर्नका लागि सहभागीलाई अनुरोध गरिन्छ । सम्झनाका लागि अनुशिक्षणका समयमा फोटो खिचिन्छ र समाप्त भएपछि समुहगत फोटो खिची सामाजिक संजाल,अनलाइन खबरमा इमेल गरी प्रकाशन,प्रशारण गरी अनुशिक्षण नभएका स्थानहरुमा यस्तै कार्यक्रम गर्नमा लागि सम्पर्क गर्न मोबाइल नं,इमेल ठेगाना आदान प्रदान गरिन्छ । आवश्यक महशुस भएमा अनुशिक्षणमा भएका शिक्षणका विषयमा अनुगमनका लागि एक दुई वष पछि यही स्थान र उही व्यक्तिहरु सहभागी भएमा आउन सकिने कार्ययोजना आपसमा सहमति कायम गरिन्छ । अनुशिक्षण कार्यक्रमको उद्घाटन,समापन र अनावश्यक आसन ग्रहण गरिदैन । समानताका आधार सहभागीहरुलाई समान महत्व दिइन्छ । उद्घाटन र समापनका मन्तव्यले समय जाने भएकोले अन्तमा समिक्षा र अनुभूति व्यक्त गर्नका लागि बचनबद्धताका लागि थोरै समयमा मन्तव्य राख्न दिइन्छ ।
अनुशिक्षणका लाभग्राही र लक्षित समुह
युवा,विद्यार्थी,शिक्षक,अभिभावक,शिक्षासँग सरोकार राख्ने प्रत्यक्ष लाभग्राही हुन सक्दछन । विश्वविद्यालय अध्ययन गरि रहेका विद्यार्थीहरुले व्यक्तित्व विकास गर्न, सकारात्मक सोच विकास गर्न शहर बजारमा महगो शुल्क थोरै समयका लागि खर्च गर्ने गरेको उदाहरण प्रशस्त पाइन्छ । ग्रामीण बस्तीका युवा र विद्यार्थीहरुको मन मन र वस्ती बस्तीमा सदा बहार ल्याउन लक्षित समुह सँग निरन्तर हातेमालो गर्न तयार छु । बाँकी अधुरा रहेको अनुशिक्षणका सोचलाई अर्कोे लेखमा समावेश गर्ने वाचाका साथ लाभग्राही र लक्षित समुहहरुको राय,प्रतिक्रिया, सुझाव र सहभागीताको अपेक्षा गर्दै आलेखको अन्त गर्दछु ।