सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल विशेष दूत - News site from Nepal
सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल विशेष दूत

 काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका छन्। तर, भारतीय पक्षबाट जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए।
१८ मंसीरको नेकपा सचिवालयको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएको खबर अन्नपूर्ण पोष्टदैनिकमा  खबर छ।  ‘प्रधानमन्त्रीले ओलीले १५/२० दिनअघि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो।
मैले हुन्छ भनेँ, परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ। मैले पनि भारतीय राजदूतसँग छलफल गरेँ। उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’, बैठकमा नेपाललाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने।
भारत सरकारले १६ कात्तिकमा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!