कामना बैकले जेष्ठ नागरीक सम्मान सहित, वितरण गर्यो वडावाटै सामाजिक सुरक्षा भत्ता - News site from Nepal

पर्वत – प्रगतिको आधार, कामना सेवासंग कारोवार भन्ने मुल मन्त्रलिएर संचाललित कामना सेवा विकास वैंकको कुश्मा शाखाले कुश्मा नगरपालिका ८ चुवामा जेष्ठ नागरीक सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स कलव अफ र्पवत चौतारीसंगको सहकार्यमा नागरिक सम्मान तथा वैकले समाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको हो । कुनपा ८ चुवा का वडा अध्यक्ष राजकुमार क्षेत्रीको प्रखुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यसैवडा का तिन जाना जेष्ठ नागरीकहरुलाई दोसल्ला वोडाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा लिला कुमारी भण्डारी,लिलावति जैशी तथा लक्ष्मी विश्वकर्मा रहनुभएको छ ।
जेष्ठ नागरीक सम्मान पश्चात सवैलाई गोलकोज वितरण गरी शुस्वास्थ्य एवं र्दिधायुुको कामना समेत गरीएको थियो । सम्मान कार्यक्रम पश्चात वैकले जेष्ठ नागरीक भत्ता वडाकार्यलय वाटै वितरण गरेको शाखाका प्रवनधक टंकनाथ लामिछानेले वताउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन लामो दुरी पार गरेर जानु पर्ने वाध्यताको अन्त्य गर्दै वैकले घरदैलो सेवा प्रदान गरेको मा जेष्ठनागरिक हरुले वैंक लाई धन्यवाद दिनुभएको थियो । लामिछानेकै अध्यक्षतामा संचालित कार्यक्रमको संचालन किसोर तिमिल्सीना ले गर्नु भएको थियो । वैकले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधि हरु संचालन गर्दै आईरहेको छ ।
शाखा विस्तारमा अक्रमक रुपमा लागेको वैकको मुलुकभर ९९ शाखा तथा ४५ एटीयम काउन्टर रहेकाछन् ग्रहाकलाई गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नयाँ योजनाहरु वैक ले सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!