शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै संघिय प्रतिनिधि सभा सदस्य पदम गिरीले देशमा राजनैतिक परिर्वतन सकिएको र अव देश आर्थिक क्रान्तिको बाटोमा अघि बढेको बताए । उनले अव सवै राजनैतिक दलको नारा विकास र सम्बृद्धि भएको भन्दै विजयादशमी, तिहार लगाएतका पर्वहरुले विकास निर्माणमा एकताबद्ध भएर लाग्ने सन्देश दिएको बताए ।
उनले विकासको लहर गाउँबाट शुरु भईसकेको उल्लेख गर्दै ठूला र साना सवै योजनाहरुको कार्यान्वयन भईरहेको बताए । समय आए पछि योजनाहरुले मुर्त रुप लिने भन्दै सुखी नेपाली सम्बृद्ध नेपाल बनाउने अभियानमा वर्तमान सरकार लागि परेको उल्लेख गरे ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य मेघनाथ सुवेदी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, नेकपाका नेताहरु इश्वर गिरी, शंकर गिरी, वडा न ११ का वडा अध्यक्ष शिव पौडेल, स्थानीय नेताहरु शंकर गुरुङ, रेश्मीराज शर्मा, प्रभु गुरुङ, शालिग्राम शर्मा, लालबहादुर गुरुङ, शुधा गुरुङ, उद्योग बाणिज्य संघका अध्यक्ष केदार शर्मा, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुत गरिएको थियो ।
यामप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष तेजप्रसाद पाध्याले गरेका थिए ।