पर्वतमा तीन दिने कार्यक्रम सहित निजामति सेवा दिवस मनाउने तयारी - News site from Nepal

पर्वत – यस बर्षको निजामति सेवा दिवस पर्वतमा पनि बिबिध कार्यक्रमका साथ मनाइने भएको छ ।
निजामति सेवा दिवसका अवसरमा भदौ २० गते देखि २२ गते सम्म बिभिन्न कार्यक्रमका साथ तीन दिन दिवस मनाउने निर्णय भएको हो ।
जिल्ला मुल समारोह समितिले दिएको जानकारी अनुसार भदौ २० गते बिहान पर्वत जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । निजामति कर्मचारी र अन्य सर्वसाधरणका लागि समेत रक्तदान गर्न सकिने समितिले जनाएको छ ।
यसैगरी भदौ २१ गते कर्मचारी र सञ्चारकर्मीका बिचमा मैत्रीपुर्ण फुटबल आयोजना गरिने भएको छ । चण्डिका शसस्त्र प्रहरी गणको खेलमैदानमा बिहान कर्मचारी र पत्रकार एक आपसमा उपाधीका लागि भिड्नेछन । यस्तै भदौ २२ गते प्रभातफेरी सहित कार्यक्रम समापन गरिने भएको छ । समितिले सबै कार्यक्रमहरुमा निजामति कर्मचारीलाई अनिवार्य उपस्थित हुन अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!