राम लक्ष्मण सामुदायीक वनमा वृक्षारोपण, बहुमुल्य बोटको व्यवसायीक खेती गरौँःमन्त्री लम्साल - News site from Nepal

पोखरा
पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी स्थित राम लक्ष्मण सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । शनिवार सर्प दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी र लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाईटिको आयोजनामा राम लक्ष्मण सामुदायीक वनमा करिब २ सय बोट बिरुवा रोपण गरिएको हो ।
स्थानिय हावापानीमा हुर्कन सक्ने श्रीखण्ड,पाउलोनीयो, रिठा, बुकाइनो, रयंच, काउलो, चिउरी लगाएतका महत्वपुर्ण विरुवा रोपिएको हो ।
श्रीखण्डको वृक्षरोपण गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले वन जंगल,जडिबुटीको व्यवसायीक खेती यसको प्रशोधन र निकाशी बाट देशलाई समृद्ध राष्ट्र बनाउन सकिने बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा राख्दै प्रशस्त आम्दानी गर्न सकिनेखालका बोटबिरुवा रोप्न तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
बहुमुल्य जातका बोट बिरुवाको व्यवसायीक खेती बाटनै आर्थिक समृद्धि, रोजगारीको सिर्जना, काठ उत्पादनमा वृद्धि हुने धारणा राख्नुभयो ।
नेपालमा श्रीखण्ड जस्ता महत्वपुर्ण बोटको व्यवसायीक खेती गर्नुपर्नेमा जोड दिनुभयो । संसारमा श्रीखण्डको तेलको डिमान्ड चर्को छ,उहाँले भन्नुभयो” यसको सम्भाव्यता अध्ययन गरी व्यवसायीक खेती गारौँ, यस बाट मनग्य आम्दानी गर्न सकिन्छ ।
सर्प दिवसको अवसरमा मन्त्री लम्सालले सर्प,वन जङ्गल पानीको स्रोत, मानव जीवनका लागि महत्वपूर्ण रहेकोले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले सामाजिक क्षेत्रमा लायन्स क्लव जस्ता संस्थाहरुले रचनात्मक तथा सिर्जनात्मक काम गरी समाजलाई उत्थान गर्नुपर्नेमा जोड दिनुभयो ।
खालि रहेको डाँडा पाखामा पनि हराभरा गराउने उद्देश्य अनुरुप हामीले वृक्षारोपण कार्यक्रम आयोजना गरेका हौँ लायन्स क्लवका किशोर बरालले भन्नुभयो, हामीले रोपेका विरुवाको आर्थीक महत्व पनि त्यति नै छ । श्रीखण्ड,पाउलोनिया बहुमुल्य काठ तथा काउलो, टिमुर, चिउरि जस्ता जडिबुटिजन्य विरुवा हुर्काएर त्यसबाट सामुदायीक वनले आर्थीक लाभ लिन सक्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!