पर्वतमा क्रियाशिल सामाजिक संस्था सिसेफ महिला समुहको पदस्थान सम्पन्न - News site from Nepal

पर्वत–सिसेफ महिला समूह पर्वतको तेस्रो वर्षको कार्यकालका पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रम शनिवार कुश्मामा सम्पन्न भएको छ ।
आगामी वर्षका लागि निर्वाचित अध्यक्ष देबी श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष ईश्वरी पाठकले कलर, म्यानूट र कुर्चि हस्तान्तरण गरि पदास्थापन गराउनुभयो । पदास्थापन कार्यक्रममा कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्माले महिलाहरु अवसरको खोजीमा घरबाट बाहिर निस्कनुपर्ने र नेतृत्वमा आउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक, सामाजिक र क्लवहरुका गतिविधिमा सहभागी भएर महिलाहरुलाई क्षमताको विकास गर्न सुझाव दिनुभयो । वडाध्यक्ष शर्माले सिसेफले शुरु गरेको सूचना केन्द्रमा पूर्वाधार विकास गर्न, सिसेफ महिला समूहले आयोजना गर्ने तालिमहरुमा आर्थिक सहयोग गर्न र महिलाहरुले थालेका हरेक काममा आर्थिक, भौतिक र नैतिक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
नयाँ कार्यसमितिको अध्यक्ष देबी श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष टिका श्रेष्ठ, उपाध्यक्ष कामना रेग्मी,सचिव विजया जोशी, कोषाध्यक्ष पवित्रा श्रेष्ठ,सहसचिव सरस्वती पाण्डे, सहकोषाध्यक्ष सुमित्रा श्रेष्ठलाई पद हस्तान्तरण गरिएको हो । सदस्यहरु सृजना श्रेष्ठ, ज्ञानु शर्मा, सुसिला रेग्मी, अमृता केसी, शोभा श्रेष्ठ, ज्योती श्रेष्ठ, सीता शर्मा, भगवती श्रेष्ठ, निशा गुरुङ, शोभा अर्याल, सीता सुबेदी लगायत रहनुभएको छ । पदस्थापन कार्यक्रममा सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, सल्लाहकार सरस्वती शर्मा जिज्ञासु, सल्लाहकार कलावती पुरि, सिसेफ नेपालका वर्तमान अध्यक्ष विष्णुराज पुरी, लायन्स क्लब अफ गुप्तेश्वरका अध्यक्ष मुना शर्मा लामिछाने , इनरह्विल क्लबका उपाध्यक्ष अनिता चपागाई, महिला उधमी समुहका अध्यक्ष सरस्वती भण्डारी, महिला मिलन क्लवका अध्यक्ष राजकुमारी श्रेष्ठ, समाजसेवि बुद्धिकुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पदास्थापन अगाडी ईश्वरी पाठकको अध्यक्षता र त्यसपछि देबी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष पबित्रा श्रेष्ठ, सरस्वती बस्नेतले धन्यवाद मन्तव्य र सञ्चालन उपाध्यक्ष कामना रेग्मीले गर्नुभएको थियो ।
पत्रकार थापा र तिवारी सम्मानित
सिसेफ महिला समूहको सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार सन्तोष थापा र रोशन तिवारी सम्मानित भएका छन् ।
कालीगण्डकी दैनिकका कार्यकारी सम्पादक थापा र रेडियो शालिग्रामका समाचार प्रमुख तिवारीलाई समूहले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो । समूहलाई सम्मानित द्धयले आगामी दिनमा अझै सामाजिक अभियान थाल्न सुझाव दिनुभयो । पत्रकारहरु समाजका हरेक कृयाकलापलाई मलजल दिन र महिलाहरुको योगदानलाई कदर गर्न संधै तयार रहेको सम्मानित पत्रकार थापा र तिवारीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
क्लवका पदाधिकारीहरुले थप सफलता र प्रगतिको कामना गर्दै सम्मानित पत्रकारहरुलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!