लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
नेष्डो समृद्ध लघुबित्त बित्तिय संस्थाको शुभारम्भ - News site from Nepal
नेष्डो समृद्ध लघुबित्त बित्तिय संस्थाको शुभारम्भ

पर्वत – पर्वतमा केन्द्रिय कार्यालय राखेर देशका बिभिन्न जिल्लामा सामाजिक तथा वित्तिय काम गर्दै आएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल आजबाट कम्पनी ऐन वमोजिम दर्ता भएर बित्तिय कारोबार गर्ने लघुबित्तको रुपमा रुपान्तरण भएको छ । बित्तिय काम गर्ने गरी राष्ट वैक वाट घ वर्गको स्वीकृती लिई लघुबित्तको औपचारिक उद्घाटन गरिएको छ भने संस्थाको नाम पनि नेष्डो समृद्ध लघुबित्त बित्तिय संस्था बनेको छ ।

नेपालमा गरिबी रहेसम्म गरिबी बिरुद्ध हाम्रो लडाईँ निरन्तर जारी रहने छ भन्ने आदर्श वाक्य सहित लघुबित्तले कारोबार सुरु गरेको छ । लघुबित्तको प्रबद्र्धन नेष्डो नेपालले गरेको थियो । आज पर्वत सदरमुकाम कुस्मा बजारमा औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष विश्वप्रकास प्रसाईँले लघुबित्तको उद्घाटन गर्नुभएको हो । लघुबित्तको उद्घाटनपूर्व बाजागाजा सहित नेष्डोका बिभिन्न जिल्लाका शाखाहरुमा कार्यरत कर्मचारीहरुले -याली निकालेका थिए । -यालीले बजारका बिभिन्न भागहरु परिक्रमा गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रसाईँले लघुबीत्तले गरीबी बिरुद्धको लडाईँ लडेर देशलाई समृद्ध बनाउने अभियानमा एउटा ईँटा थपेको बताउनुभयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री,रोटरी क्लवका पूर्व अध्यक्ष गोपी अधिकारी,वर्तमान अध्यक्ष लेखनाथ शर्मा,अधिवक्ता मूकून्द शर्मापौडेल,समाजसेवी मानकूमारी गिरी,ईनरह्ील क्लवका अध्यक्ष जलन केसी खत्री लगायतले शूभकामना मन्तव्य राखेक थिए ।
नेष्डो नेपालले यस अगाडि पनि बिभिन्न ग्रामिण क्षेत्रहरुमा पुगेर स्थानीयलाई बचत गर्ने बानी बसालेर आर्थिक रुपमा बलियो बनाउन सघाएको बताउनुभयो ।
अध्यक्ष प्रसाईँकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन अधिकृत ईश्वरीप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्वागत संस्थाका नेष्डोका अध्यक्ष रत्न प्रसाद अधिकारीले गर्नु भएको थियो ।
नेष्डोले बिगत १८ बर्षदेखि बित्तिय तथा सामाजिक कामहरु गर्दै आएको छ । हालसम्म १५ जिल्लामा ५६ शाखा स्थापना गरेको संस्थाले केही समय अगाडि नेपाल राष्ट्र बैंकबाट बित्तिय कारोबार गर्नको लागि घ बर्गको इजाजत पाएको छ । यससँगै, संस्थाले देशका ७७ ओटै जिल्लाहरुमा शाखा बिस्तार गरेर कारोबार गर्ने अध्यक्ष प्रसाईँले बताउनुभयो ।
झण्डै ७८ हजार अति बिपिन्न परिवारसंग बित्तिय कारोबार गरेको नेष्डोले २ अर्व ७८ करोड रुपैयाँ लगानी गरेको छ भने झण्डै पौने २ अर्ब रुपैयाँ बचत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari