पर्वतका लोकप्रिय सिडीओ ढकालको कास्कीमा सरुवा, पर्वतमा कल्पना आउँदै - News site from Nepal

पर्वत– पर्वतका सिडीओ गुरुदत्त ढकालको सरुवा भएको छ । सरकारले पर्वत लगायत विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार सरुवा र पदस्थापन गरेको छ ।
२०७५ वैशाख १९ गते पर्वत सरुवा भएर आएका सिडीओ ढकालको पुनः कास्की जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो । तीन सय ९९ दिन पर्वतमा विताएका सिडीओ पर्वतेली नागरिकका बीचमा लोकप्रिय बनेर सरुवा भएका छन् ।
सरुवा भएर आउने वित्तिकै प्रशासनमा विचौलियाको अन्त्य गर्ने र सर्वसाधारणका लागि निवेदन समेत नचाहिने व्यवस्था गरेर लोकिप्रयता कमाएका ढकालले निष्पक्ष र तटस्थ भएर काम गरेका थिए । त्यति मात्र हैन जिल्ला प्रशासन कार्यालयको ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन, स्तनपान कक्ष संचालन, स्वास्थ्य परिक्षण सेवा र लामो समयदेखि विभिन्न कारणले नागरिकता पाउनबाट बञ्चित नागरिकहरुलाई नागरिकता दिलाएर लोकप्रियता कमाएका हुन् ।
१३ महिना लामो अवधि पर्वतको बसाईमा झण्डै एक दर्जन भन्दा बढि स्थानमा नागरिकता वितरण शिविर संचालन गरेर एक हजार भन्दा बढिलाई घरघरमै पुगेर नागरिकता वितरण समेत गरे । त्यस्तै जिल्लाका विकास निर्माणलाई समयमै सम्पन्न गर्नुपर्दछ, पारदर्शिता हुनुपर्छ भन्ने सोच समेत रहेका ढकालले दर्जनौ योजनाहरुको समेत निरिक्षण गरेका छन् । त्यसैगरी कटुवाचौपारीका विपन्न बालकहरुलाई जग्गा दिलाउने सामाजिक काममा समेत लागेका ढकालको पर्वत बसाईलाई पर्वतवासिले स्रहाना गरेका थिए ।
गृह मन्त्रालयले पर्वतको सिडीयोको रुपमा कल्पना घिमिरे नेपाललाई सरुवा गरेको छ । उनि अहिले रुपन्देहि जिल्ला प्रशासन कार्यालयमा सहायक सिडीओको रुपमा कार्यरत रहेकी थिईन ।
पर्वतमा १३ महिना बिताएका ढकाल सेवाग्राही मैत्री तथा बिकास आयोजनाहरुको समयमा काम हुनुपर्छ भनेर लागि रहेका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीलाई बिना काम फर्काउन हुन्न भन्ने मान्यता बोकेकै कारण बिचौलियकाका चहलपहल सुस्ताएको थियो । जाँदा जाँदै उनले पर्वत बसाईलाई उपलव्धिमुलक रुपमा विताएको प्रतिकृया दिएका छन् । उनले साच्चिकै जिल्लामा बसेर काम गर्ने हो भने समय वितेको पत्तै नपाएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!