सडकमा यसरी उत्रियो पर्वत काँग्रेस, प्रतिपक्षिलाई कमजोर नठान्न काँग्रेस नेता बलायरको चेतावनी - News site from Nepal

माया अधिकारी
पर्वत–
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ ।
नेपाली काँग्रेस पर्वतले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्वोधन गर्दै नेता बलायरले दुई तिहाईको दम्भ देखाएर प्रतिपक्षिलाई पेल्दै जाने हो भने मुलुक ठूलो दुर्घटनामा पर्ने बताउनुभयो । उहाँले महङ्गी बढाउन, मुलुकलाई भ्रष्टाचारमा डुवाउने अधिकार सरकारलाई नभएको बताउँदै जनपक्षिय काम गर्न आग्रह गर्नुभयो । बलायरले नेपाली काँग््रोसले थालेको आन्दोलन सरकारको बिकल्पमा नभई सरकारका अराजक क्रियाकलाप प्रति भएको बताउँदै सरकारले यसरीनै जनविरोधी काम गर्दै गए सडकबाटै जनताले ढलाउने दावी गर्नुभयो ।
उहाँले प्रतिपक्षिलाई पेलेरै जाने सरकारको निति अराजक भएको बताउँदै प्रतिपक्षिका मागलाई पनि सम्वोधन गर्दै जान आग्रह गर्नुभयो । उहाँले संवैधानिक आयोगका अध्यक्षहरुको नियुक्ती नियम मिचेर गरिएकोले त्यसलाई तत्काल सच्याउन पनि आग्रह गर्नुभएको छ । अर्कोतर्फ चिकित्सा शिक्षा विधेयकमा डाक्टर गोविन्द केसीका मागलाई समट्न समेत आग्रह गर्दै जवसम्म सरकार सहि मार्गमा हिड्दैन तबसम्म नेपाली काँग्रेसले आफ्नो आन्लोलन नरोक्ने पनि बताउनुभयो । उहाँले सडक र सदन दुवैबाट सरकारलाई खबरदारी गर्नका लागि कार्यकर्ताहरुलाई आव्हान पनि गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नबराज गुरुङ्ग, गण्डकी प्रदेशसभाका सदस्य सांसद ललितकला गुरुङ्ग, प्रदेश सभा सदस्यका उम्मेदवार राजेन्द्र तिवारी, जिल्ला कोषाध्यक्ष रामकृष्ण मल्ल लगायतले बोल्नुभएको थियो ।
यस पार्टी कार्यालयबाट शुरु भएको बिरोध ¥याली कुश्माबजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । उनिहरुले सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!