गण्डकीका पर्यटन मन्त्री लम्साल भन्छन् ‘अब गण्डकी प्रदेशका सवै स्थानीय तहका सुविधा सम्पन्न भवन’ - News site from Nepal

पर्वत– गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहहरु रहेका छन् । ११ जिल्लामा रहेका अधिकांस स्थानीय तहहरु अहिले भाडाको घरमा संचालन हुँदै आएका छन् । थोरै स्थानीय तहमात्रै सरकारी भवनमा संचालन भैरहेका बेला गण्डकी प्रदेश सरकारले सवै स्थानीय तहमा सुविधा सम्पन्न भवन बनाउने भएको हो ।
भौतिक पूर्वाधारहरुको अभावका कारण राम्रोसँग काम गर्न नसकेको गुनासो सर्वत्र आइरहेका बेला गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले सवै स्थानीय तहहरुको सुविधा सम्पन्न भवन निर्माण हुने बताउनुभएको छ ।
पर्वतमा लोकतन्त्र अनलाईनसँग कुराकानी गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले सवै स्थानीय तहमा एकै प्रकृतिका भवनहरु निर्माण गर्न कार्ययोजना अघि सारेको बताउनुभयो । उहाँले स्थानीय तहहरुलाई व्यवस्थित ढंगले संचालनका लागि प्रदेश सरकार अघि बढेको बताउँदै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनको चरणमा जाने बताउनुभयो ।
पर्वतका स्थानीय तहका जनप्रतिनिधिहरुले भवन नहुँदा कार्यसम्पादन गर्न नसकिरहेको गुनासो गरेपछि मन्त्री लम्सालले अब भवनको चिन्ता नगर्न र बरु भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न आग्रह गनुभएको हो । त्यसका लागि सरकारले बजेट लगायत अन्य व्यवस्थापन गर्न थालेको बताउनुभयो ।
अर्को प्रसंगमा मन्त्री लम्सालले सन् २०२२ सम्म बीस लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने सरकारको योजना रहेको बताउँदै त्यसका लागि पनि आवश्यक पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो ।
उहाँले बजार क्षेत्रमा सुविधा सम्पन्न होटल र ग्रामीण क्षेत्रमा होमस्टे सुविधा विस्तार गर्नका लागि स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । उहाँले गण्डकी प्रदेशमा तीन सय व्यवस्थित होम स्टे विस्तार गर्नका लागि काम शुरु भैसकेको बताउनुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटननै भएकाले सरकारले प्राथमिकताका साथ बजेट समेत बिनीयोजन गरेको बताउनुभयो ।
उहाँले प्रदेश राजधानी पोखराले थेग्न नसक्ने पर्यटकहरुलाई नजिकका सदरमुकाम र पर्यटकीय गाउँहरुमा पठाईने बताउँदै अब घरमै बसिबसी पर्यटन व्यावसाय गरेर प्रसस्त आम्दानी गर्ने दिन आएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले मुलुककै नमुना काम गरेर देखाउने बताउँदै त्यसका लागि एकीकृत विकासको मोडेल बनाए अघि बढेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!