कालीगण्डकी करिडोरको आँधिखोलामा मोटरेवल पुल निर्माण शुरु,मन्त्री लम्सालले गरे शिलान्यास - News site from Nepal

माधब पराजुली / पर्वत- बहुचर्चित उत्तर—दक्षिण जोड्ने कालिगण्डकी करिडोर स्याङ्जाको मिर्मी,पर्वतको मालढुङ्गा सडक अन्तर्गत मिर्मी आधिखोलामा माटरेवल पुल बन्ने भएको छ ।
९ करोड ६५ लाख ७८ हजारको लागतमा रायमाझी राजेश्वरी पि.टि.आर. र अधिकारी जे.भि. अर्घाखाँची ले उत्त पुलको निर्माण कार्य अगाडि बढाएको हो । उक्त पुल २ बर्ष भित्रमानै सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
पुल ५० मिटर लम्बाई हुने र १५ मिटर चौडा बनाउने गरि काम अगाडि बढाइएको निर्माण व्यवसायी भागवत गिरीले बताउनुभयो ।
उक्त सडक खण्डमा पर्ने अन्य तिन स्थानहरु सेतीवेणी, मोदीवेणी र लमाएखोलामा मोटरेवल पुल निर्माणाधिन अवस्थामा छन् । यी चार वटा पुल निर्माण पछि स्याङ्गजाको मिर्मी देखि पर्वतको मालढुंगा सम्मका ५५ किलोमिटरमा बाह्रै महिना अबको २ बर्ष भित्र करिडोरमा गाडीहरु दोहोरो रुपमा सहज तवरले गुड्ने छन् ।
अहिँले कालिगण्डकी करिडोर पर्वत खण्ड अन्तर्गत मिर्मी—सेतीवेणी, सेतिवेणी—फलेवास, फलेवास—कुश्मा, कुश्मा अर्मादी— मालढुङ्गा गरि चार खण्डमा काम भईरहेको छ ।
उक्त मोटरेवल पुलको शिलान्यास गण्डकी प्रदेशका उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शिलान्यासको क्रममा मन्त्री लम्सालले पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसयीलाई निर्देशन दिनुभयो । निर्माणको जिम्मा लिने ठेकेदारहरुले दस ठाउँमा हात हाल्छन् अनि काम होल्ड गर्ने समय त्यसै खेर फाल्ने परिपाटी नेपालमा सामान्य बन्दै जान थाल्यो,मन्त्री लम्सालले भन्नुभयोू तोकिएको मितिमै काम सम्पन्न गराउने दबाब दिन शिलान्यास कार्यक्रम आवश्यक परेको हो,नत्र उद्घाटन गरे पुग्छ ।

उहाँले सडक धार्मिक पर्यटकिय हिसाबले महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । सडक खण्डको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन”, मन्त्री लम्सालले भन्नुभयो, “भूगोल र ठेकेदारका कारण कहिलेकाहीँ समस्या आएको छ”, उहाँले ठेकेदारलाई दबाब दिएर पनि लक्ष्यअनुसार समयमा काम सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो ।?
मन्त्री लम्सालले पर्वतवासीहरुको समृद्धिको यात्रा तय भएको बताउदै पर्वतेली जनताको अब दुखको जीवन समाप्त हुन थालेको बताउनुभयो ।
शिलान्यासका अवसरमा गल्याङ नगरपालिका प्रमख भुपराज अधिकारी, बिहादि गाउँपालिकाका प्रमुख कमल प्रसाद भुसाल,कालिगण्डकी गाउँपालिकाका प्रमुख ख्याम ब.थापा लगाएतले कालिगण्डकी करिडोरले यहाँका बासिन्दाको जिवनस्तरमा आमुल परिवर्तन ल्याउने बताए ।
राजनितीक चपेटामा परेका कारण करिडोर दुई दशक देखि अलपत्र अवस्थामा पुगेको थियो । संविधान सभामा पर्वत क्षत्र नं.२ बाट विकास लम्साल निर्वा्चित भएपछि उक्त करिडोरले गति लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!