पर्वत– पर्वतको मोदी गाउपालिकामा लैङ्गीक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोदी गाउँपालिका–२ स्थित जननेत्र माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । प्रहरी चौकी देउपुर पर्बतको आयोजना र जननेत्र माविको सहकार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीलाई लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षक कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिपक शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रहरी चौकी देउपुर डिमुवा पर्वतका ईन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश कुमार क्षेत्री, डिमुवा ट्राफिक पोष्ट ईन्चार्ज प्रहरी सहायक निरीक्षक रेशम बहादुर थापा लगायत सोही विद्यालयका शिक्षक( शिक्षिका तथा विद्यार्थीहरु गरी अन्दाजी ९० जनाको उपस्थिति रहेको सो प्रशिक्षण कार्यक्रममा लैङ्गीक हिंसाले समाजमा पर्न गएको असर, यसको न्यूनीकरण र यस सम्बन्धीत प्रचलित ऐन( नियम, आधारभुत सुरक्षा, जस्ता बिषयमा जानकारी दिएको प्रहरी सहायक निरीक्षक रेशम बहादुर थापाले बताउनुभयोे ।
त्यस्तै पर्वतको जलजला गा.पा. वडा नं. ०१ बाँसखर्क स्थित ज्योति मण्डल मा.वि. मा पनि प्रहरी चौकी वारीवेनी पर्वतको आयोजनामा सोही विद्यालयका विद्यार्थीहरुलाई लैङ्गीक हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सोही विद्यालयका प्रधानध्यापक मेख बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलजला गा.पा. वडा नं. ०१ का वडाध्यक्ष तुलसीराम रेग्मीको प्रमुख आतिथ्यता, प्रहरी चौकी वारीवेनी पर्वतका ईन्चार्ज प्रहरी सहायक निरीक्षक भरत गौतम लगायत सोही विद्यालयका शिक्षक( शिक्षिका तथा विद्यार्थीहरु गरी अन्दाजी ६० जनाको उपस्थिति रहेको थियो ।