बलेवाको गणेश मावि गण्डकी प्रदेशमा दोस्रो, शिक्षा दिवसमा पुरस्कृति हुँदै - News site from Nepal

पर्वत– बागलुङको बलेवामा रहेको गणेश माध्यमिक विदालय गण्डकी प्रदेशमा दोस्रो बनेको छ । एसईई परिक्षा २०७५ मा आएको रिजल्टको आधारमा गणेश मावि दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
विद्यालयले ८३ दशमलब ४५ स्कोर प्राप्त गरेको विद्यालयका प्रअ कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । पछिल्लो एसईईमा विद्यालयवाट सहभागि ६४ जना विद्यार्थी मध्ये १३ जनाले ए प्लस र २५ जनाले ए ग्रेड प्राप्त गरेका थिए । उक्त विद्यालयलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले यहि भाद्र २२ गते अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत समेत गर्ने भएको छ ।
सामुदायिक विद्यालयमा यस क्षेत्रमा सवैभन्दा पहिला अंग्रेजी माद्यावाट पठनपाठन शुरुवात गरेको उक्त विद्यालय नेपालकै नमुना विद्यालयको रुपमा समेत परिचित छ । उक्त विद्यालयमा विद्यार्थीहरुको आकर्षण समेत बढ्दै गएको विद्यालयका प्रअ गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari