म्याग्दी नदीमा दुई बालक बेपत्ता - News site from Nepal
म्याग्दी नदीमा दुई बालक बेपत्ता

म्याग्दी : पौडी खेल्ने क्रममा म्याग्दी नदीमा दुई बालक बेपत्ता भएका छन्।
मंगलबार अपराह्न ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दाले बगाउँदा बेनी नगरपालिका ३ दुधेखोलाभकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका डेबिड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता बालकको खोजी भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ।
विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!