सहकारीहरुले ऐन नियम र बिनीयमको पालना गर्नुपर्छ ः अध्यक्ष उप्रेती - News site from Nepal

पर्वत– राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीलाई प्रविधिको अधिकतम उपयोग गरी सरकारले लिएको समृद्ध नेपाल ः सुखी नेपालीको नारालाई सफल पार्न सक्रियताका पूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ ।
जिल्ला सहकारी संघ मुल समारोह समितिले बुधवार कुश्मामा आयोजना गरेको ६२ औ सहकारी दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
सहकारी ऐन नियम र विनियमको पालना गर्दै नयाँ नयाँ प्रविधिको अधिकतम उपयोग गरेमा मात्रै हामीले लिएको लक्ष्य पुरा हुने भएकाले सबै सहकारीहरुलाई प्रविधिमैत्री बन्न सुझाव दिनु भयो । राज्यले लिएको नीति तथा लक्ष्य प्राप्तिका लागि सहकारीलाई संगै लैजान आवश्यक रहेको भन्दै उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीलाई वेवास्ता गरेर पूर्णता नहुने दावी गर्नुभयो । सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि सरकारले ऐन नियम निर्माणमा सहजता, उत्पादन प्रशोधनमा प्रविधि, सीप र वित्तीय सहयोग आवश्यक रहेको भन्दै उहाँले सहकारीलाई सरकारले साझेदार निकायको रुपमा अझै लिन नसकेको गुनासो गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका संचालक रामबहादुर जिसीले ऐन नियम अनुसार सहकारीहरु संचालन हुनुपर्ने बताउँदै नाफा कमाउने नाममा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नुहने बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछाने, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी, गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिब देविप्रसाद तिमिल्सिना, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेकपाका नेता गोविन्द पहाडी लगायतले बोलेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत इन्द्रमान खत्री र संचालन ऋषि भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!