पर्वतको महाशीलामा काँग्रेसको तालाबन्दी प्रति वडा अध्यक्षहरुको आपत्ति - News site from Nepal

पर्वत– विभिन्न माग राख्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुमा नेपाली काँग्रेसले गरेको तालाबन्दी प्रति महाशीला गाउँपालिकाका वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् ।
गाउँपालिकाका ६ वटै वडाका अध्यक्षहरुले मंगलवार साँझ एक विज्ञप्ती निकाल्दै प्रतिपक्षि दल नेपाली काग्रेसको उक्त हर्कतको विरोध जनाएका हुन् । नेपाली काँग्रेसले राखेका मागहरु उपर छलफलका लागि समय र वातावरण हुँदाहुँदै जवरजस्ती तालाबन्दी गरेर जनताको सेवा पाउने अधिकारवाट बञ्चित गर्नु घोर निन्दनिय भएको भन्दै तत्काल ताला खोलेर बार्तामा आउन आग्रह गरिएको छ ।
जननिर्वाचित जनप्रतिनिधिहरुको अधिकारलाई खोस्ने प्रतिपक्षि दलको हर्कत तत्काल बन्द गरि शान्तिपुर्ण रुपमा नागरिकले सेवा पाउने वातावरण सिर्जना गर्न समेत विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
जनमतको उपेक्षा गर्दै गरिएको तालाबन्दी तत्काल नखोजिए कानूनी उपचारमा जाने वडा अध्यक्षहरुद्धारा जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पर्वतको महाशिला गाउँपालिकामा रहेका ६ ओटै वडा कार्यालयहरुमा नेपाली काँग्रेस महाशिला गाउँपालिकाले तालाबन्दी गरेको छ । गाउँपालिकाले गर्दै आएका कामहरुप्रति असन्तुष्टी जनाएर चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको काँग्रेसले सोमबार गाउँपालिकाको कार्यालयमा आनिश्तिकालिन तालाबन्दी गरेकोमा मंगलबार गाउँपालिका भित्रका सबै वडा कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
गाउँपालिकाले प्रतिपक्षी नेपाली काँग्रेसलाई बेवास्ता गरेर एकलौटी निर्णयहरु गरेको भन्दै गाउँपालिकाको कार्यालय सहित सबै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको गाउँपालिकाका काँग्रेस नेता उज्वल गुरुङले जानकारी दिए । काँग्रेसले चरणबद्ध रुपमा आन्दोलन गरेपछि सोमबार गाउँपालिकाभित्रका ६ ओटै वडाध्यक्षहरु र काँग्रेसका प्रतिनिधिहरुका बीचमा वार्ता पनि भएको थियो । वार्ता निष्कर्षमा नपुगेपछि सोमबार साँझ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको काँग्रेसले मंगलवार भने सबै वडा कार्यालयमा तालाबन्दी गरेको हो । सोमबारको वार्ताको क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आप्mनो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्ष बिहीन भएको थियो । काँग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काँग्रेसका मागलाई हाँसोमा उडाउनु सरह हो भन्दै तालाबन्दी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!