कम्यूनिष्टको शासन शैलीले देश पछाडी पर्ने काँग्रेस नेता कोईरालाको भनाई - News site from Nepal

पर्वत- नेपाली काँग्रेसका महामन्त्री सशांक कोईरालाले कम्यूनिष्टको शासन गर्ने शैलीले देश विकास हुन नसक्ने बताउनुभएको छ ।
पर्वतको पैयुँ गाउँपालिकामा नेपाल शिक्षक संघले आयोजना गरेको प्रतिनिधी सभा कार्यक्रमलाई सम्बोधन गदैै कोईरालाले आफ्नालाई काखा र विपक्षीलाई पाखा लगाउने वर्तमान् सरकारको शैली रहेको बताउँदै आपत्ती जनाउनुभयो । उहाँले शिक्षकहरुलाई आस्थाका आधारमा गरिएको भेदभावको विरोध गर्नुभयो । सुविधाजनक ठाउँमा आफ्ना समर्थकलाई पठाएर फरक बिचार राख्ने शिक्षकलाई दुर्गममा पठाउनु सरकारको कमजोरी रहेको कोईरालाले उल्लेख गर्नुभयो । विकासमा हुने यस्तो विभेदले देशको विकास नहुने उहाँको कथन छ ।
कोइरालाले सरकारले अनावश्यक रुपमा विखण्डनवादी सीके राउतलाई प्राथमिकता दिएर गल्ती गरेको पनि बताउनुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उहाँले दाबी गर्नुभयो । महामन्त्री शंशाक कोइरालाले आफूले धार्मिक स्वतन्त्रता चाहिने अभिव्यक्ति दिएको तर हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्ने भनाइ नबोलेको स्पष्ट पार्नुभएको छ ।
नेपाललाई हिन्दू राष्ट्र घोषणाको माग गर्नु नागरिकको मुद्दा भएको उनको भनाइ थियो । जिल्ला भेला सम्मेलनमा सरकारप्रति बढी आक्रामक देखिएका कोइरालाले वाइडबडी जहाज खरिद, निर्मला पन्तको हत्या, सुन तस्करी, भ्रष्टाचार र महंगी संस्थागत हुँदासमेत सरकार निदाए जस्तो गरेको उहाँको आरोप थियो । प्रधानमन्त्रीले शक्ति केन्द्रिकृत गर्दै जानु अधिनायकवादतर्फ उन्मुख बनेको उहाँले टिप्पणी गर्नुभयो । नेपाल शिक्षक संघ पर्वतका जिल्ला अध्यक्ष केशब भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्र र स्थानीय तहमा रहेका नेतागणहरुले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!