प्रमुख समाचार

भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा, नेकपाद्वारा शोक प्रस्ताव पारित

By लोकतन्त्र अनलाईन

March 03, 2019

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका छन् ।धुम्बाराहीस्थित नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका हुन् ।नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।