
पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा विगत सात महिनादेखि संचालनमा आएको कुशुम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाले संस्थाले स्थापनादेखि हालसम्म गरेका प्रगतिको समिक्षा गर्दै चालु आर्थिक वर्षका लागि विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ । प्रथम साधारण सभाकै अवसरमा सहकारीको औपचारिक उद्घाटन समेत गरिएको थियो । छरिएर रहेको स–सानो पँुजीलाई एकत्रित गरी विपन्न तथा असहाय नागरिक, उद्योगी, व्यावसायी, कर्मचारी लगायतको थप आयआर्जनमा सहुलियत पु¥याउने उद्धेश्यले सहकारी संचालनमा ल्याईएको हो ।
जिल्लामा बढ्दो सहकारी संस्थाहरुको भिडमा नागरिकहरुलाई सहकारीको बास्तबिक अवस्थाको प्रत्याभूति गराउने उद्धेश्यले कुश्मा नगरपालिका वडा नं. ६ मा उक्त सहकारी संचालन गरिएको अध्यक्ष चन्द्रा पौडेल क्षेत्रीले बताउनुभयो । कुश्मा नगरपालिका भित्रका ७८ जना शेयर सदस्यहरुको रु १ करोड ६लाख रुपैया संकलन गरि सहकारी शुरुवात गरिएको थियो । सहकारीले शुरुवातको तीन महिनामा ७ लाख ६१ हजार बचत गरेको थियो भने ८५ लाख रुपैया कर्जा लगानी गरेको जनाएको छ । बचत र ऋणको अलावा मनि ट्रान्सफर सुविधा समेत संचालन गर्दै आएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
साधारण सभा तथा सहकारी संस्थाको कार्यालय कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष गिरीले सहकारी संस्थाहरु खाली बचत संकलन गर्ने र ऋण लगानी गर्ने काममा मात्र सिमीत नभई उत्पादन र स्वरोजगारमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कुश्मा नगरपालिका पनि यस्ता सहकारी संस्थाहरुसँग आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै कानूनी मर्यादाभित्र रहेर संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मी, वडा नम्वर ११ का अध्यक्ष शिव पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष यामप्रसाद शर्मा, शेयर सदस्य कृष्णप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष चन्द्रा पौडेल क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत राधाकुमारी शर्मा र संचालन सचिब नारायण सुवेदीले गर्नुभएको थियो । कोषाध्यक्ष यामनाथ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीसँगै कुश्मा इन्भेष्टमेन्ट कम्पनी पनि संचालनमा रहेको छ । सो कम्पनीको पनि एकैपटक उद्घाटन गरिएको छ ।