
पर्वत– नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठको अवसरमा यस राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय मा.बि कुश्ममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका लगानिकर्ताहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरुको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले निजि बिद्यालयले श्रोत र साधनको अभावमा पनि गुणस्तरिय शिक्षा दिएर सरकारलाई टेवा पु¥याएको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सबैभन्दा पुरानो निजि बिद्यालयले फड्को मार्दै गरेकोमा थप सफलताको शुभकामना दिँदै अबको शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय सन्चालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अद्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भए गरेका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । जिल्लाको सबैभन्दा राम्रो पढाई हुने निजि बिद्यालय मध्ये पहिलो भएको बताउँदै ढकालले हामी बाहिरी बढाईचढाई प्रचार प्रसार भन्दा आन्तरिक पठनपाठन र शिक्षक कर्मचारी बीच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिने गरेको बतानुभयो ।
हाम्रा बिद्यार्थी बाहिर गएर कुनैपनि प्रतिस्पर्धा तथा १० कक्षा भन्दा माथि अन्यत्र गएर पनि सबै बिद्यालयलाई उछिन्दै उत्कृस्ट नतिजा ल्याएर बिद्यालय र परिवारको नाम राख्न सफल भएको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रमको सञ्चालन बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले गर्नुभएको थियो । कार्यक्रम बिद्यालय प्राङगणमा सन्चालन भई जलपानसँंगै कार्यक्रमको समापन गरिएको थियो ।