पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ७ राम्जादेउरालीमा तीज उत्सव सम्पन्न भएको छ । हरितालिका तीजको दिन पशुपति माविले आयोजना गरेको तीज उत्सव कार्यक्रम सोमबार सम्पन्न भएको हो । ३ दिने तीज उत्सव विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको हो ।
तीज उत्सवको प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले उद्घाटन गरेका गरे । सोहि अवसरमा सांसद गिरीले राम्जादेउरालीमा निर्माण गरिएको खुल्ला मञ्चको समेत अनावरण गरे । उक्त मञ्च निर्माणका लागि सांसद गिरीले पूर्वाधार साझेदारी कार्यक्रम मार्फत १० लाख बजेट विनियोजन गरेका थिए ।
उक्त अवसरमा बोल्दै सांसद गिरीले तीजको बेला चेलिबेटिहरु दर खान माइती जान निकै कष्टकर यात्रा गरीरहेको बताए । उनले आगामी बर्ष कालोपत्रे सडकमा गाडी चढेर दर खान पाउने विश्वास दिलाए । उनले धेरै सडकहरुको स्तरोउन्नती भईरहेको भन्दै केहि बर्ष भित्रै ति कामहरु सम्पन्न हुने समेत बताए । सडक सञ्जाल अस्तब्यस्त हुँदा कतिपय दिदिवहिनीहरु आफ्नो माइती जान समस्यामा परीरहेको उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ललिता गुरुङले तीजहरुमा गाइने तीजहरुको भावमा परिर्वतन आएको बताईन । उनले पुरानो जमानामा सासु र बुहारीका गन्थनका गीतहरु गाउने चलन क्रमशः विकास र आर्थिक सम्बृद्धिसंग जोडिन लागेकोमा खुशी ब्यक्त गरिन । तीज उत्सवमा आयोजीत तीज गीत प्रतियोगीतामा ९ समूहको सहभागीता रहेको थियो । सहभागी मध्ये प्रथमका लागि ३० हजार, द्धितियका लागि २० हजार, तृतिय हुने समूहलाई १० हजार तथा सान्तवना हुने २ समूहलाई ३/३ हजार नगद रकम प्रदान गरिएको थियो ।