
पर्वत–पर्वतवाट सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी बल २५ नम्बर गणका गणपति रमेश सुवेदीको शुक्रवार एक समारोह बीच विदाई गरिएको छ ।
पर्वत मोदीकाली व्याडमिन्टन संघको आयोजनामा उहाँलाई बाजागाजा सहित विदाई गरिएको हो । पर्वत जिल्लामा रहुन्जेल जिल्लाको शान्ति सुरक्षा सँगै विपद व्यवस्थापन, सरसफाई, सामाजिक तथा सांस्कृति क्षेत्र र खेलकुद क्षेत्र लगायत समग्र क्षेत्रमा सुवेदीले पु¥याएको योगदानको उच्च कदर गर्दै गणपति सुवेदीलाई बिदाई गरिएको संघका अध्यक्ष भिम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी सोहि गणमा सरुवा भई आउनुभएका गणपति सोम बाहादुर गरुङलाई स्वागत गरिएको छ । सरुवा भएर जान लाग्नुभएका सुवेदीले आफुले पर्वतमा रहेर काम गर्ने क्रममा सहयोग गर्ने सवै पक्षलाई धन्यवाद दिनुभएको थियो ।
नबआगन्तुक एसपी गुरुङले सवै पक्षसँग आवश्यक सहकार्य र समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सुवेदीको नम्वर १ बाहिनी महोत्तरी सुनसरीमा सरुवा भएको हो ।
अध्यक्ष भिम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन पौडेल स्वागत थमनारायण पौडेलले गर्नुभएको थियो ।