मन्त्री लम्सालले ल्याए पर्वतका ३१ विद्यालयहरुमा ICT सञ्चालनको लागि साडे एक करोड - News site from Nepal


पोखरा
पर्वतका विद्यालयहरुले शैक्षिक उपकरण,आई. सि.टी.तथा ल्याव विज्ञान प्रयोगशाला,ई—लर्निङ कक्षा सञ्चालन र शौचालय निर्माणका लागि १ करोड ५० लाख बराबरको रकम पाउने भएका छन् ।
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा विद्यालयहरुले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश बाट उक्त रकम अनुदान बापत पाउने भएका हुन् ।
मन्त्रालयले सामुदायीक विद्यालय तथा बाल सुधार गृहको लागि शौचालय निर्माण कम्यूटर ल्याव तथा विज्ञान ल्यावको लागि अनुदान दिन प्रस्ताव आव्हान गरेको थियो । मन्त्रालयले प्रस्ताव पेश गर्ने विद्यालयहरुको मुल्याङकनका आधारमा गण्डकी प्रदेशका ४७८ वटा विद्यालय तथा सामुदायीक सिकाई केन्द्रलाई अनुदान रकम वितरण गरेको हो ।
प्रस्ताव पेश गरेका विद्यालयहरु मध्य पर्वतका ३१ विद्यालय र सिकाई केन्द्र मुल्याङनमा पर्न सफल भए ।
कुश्मा नगरपालिका वडा नं.११ स्थित विरेन्द्र मा.वि.६ लाख ५० हजार,विहादी गाँउपालिका वडा नं.३ रानिपानी स्थित नेपाल तारा मा.वि. ६ लाख ५० हजार,कुश्मा वडा नंं. ११ स्थित विश्व ज्योतिम मा.वि. ६ लाख ५० हजार रकम , कुश्मा न.पा.१० स्थित जनक मा. वि.पिलटारी लाई शौचालय निर्माणको लागि १४ लाख, विहादी गा.पा.वडा नं. ४ स्थित वहाकी मा. वि., आईसिटी कम््युटर ल्याव सञ्चालनको लागि ६ लाख ५० हजार फलेवास नगरपालिका वडा नंं ३ स्थित श्रीराम मा वि पोखराचौर कम््युटर ल्याव सञ्चालनको लागि ६ लाख ५० हजार,जलजला गाँउपालिका वडा नं. ५ स्थित ग्रामप्रकाश मा. वि. लेखफांट ६ लाख ५० हजार जनता आधारभुत विद्यालय रानिपानीले ४ लाख रकम आई.सि.टी.ल्याव,विज्ञान प्रयोगशालाको लागि पाएका छन् ।
त्यस्तै फलेवास न.पा. वडा नं. ९ स्थित ग्रामोदय मा वि. ६ लाख ५० हजार, विरेन्त्र मा वि, कुश्मा न.पा. ११, ६ लाख ५० हजार,धर्मोदय मा. वि., पैयुँ गा.पा.७, चिसापानी ६ लाख ५० हजार आई.सि.टी सञ्चालनको लागि अनुदान रकम पाएका छन् । सगरमाथा आ.वि. महाशीला गा.पा. ५, लुंखुले शौचालय निर्माणको लागि ७ लाख पाएको छ भने शान्ति ् आ. वि.,जलजला गापा ६,भोटेडाँडा ४ लाख ,लक्ष्मी आ वि, विहादी गापा ५,वहाकीठाँटी चारलाख,यज्ञश्वर आ. वि., पैयुँ गापा ६, सरौंखोलाले चार÷चार लाख रकम पाएका छन् ।
विहादी गा.पा. स्थित अम्बारी आ वि, बराचौरले शौचालय निर्माणको लागि ७ लाख पाएको छ भने आई.सि.टीको लागि १ लाख रकम, महाशिला गाउँपालिका वडा नं. १ स्थित गोल्यार्ङ आ. वि.ले शौचालय निर्माणको लागि ७ लाख, आम्वारी मा.वि.विहादी २ शौचालय निर्माणको लागि १० लाख, यज्ञश्वर आधारभुत विद्यालय पैयुं ६,लक्ष्मी आधारभुत विद्यालय विहादी ५ शान्ति ् आधारभुत विद्यालय पैँयू, सार्वजनिक मा.वि कुश्मा ९,कालिका आधारभुत विद्यालय विहादी ५ ले आई.सि.टि. ल्याव तथा विज्ञान प्रयोगशालाको लागि एक एक लाख पाएका छन् ।
कृष्ण गण्डकी सामुदायीक सिकाई केन्द्र कुश्मा वडा नं ७ १ लाख २५ हजार,ब्रह्मपुर सामुदायीक सिकाई केन्द्र एक लाख, मोती सामुदायीक सिकाई केन्द्र फलेवास वडा नं. ५ ले १ लाअ जनज्योती सामुदायीक सिकाई केन्द्र कुश्मा वडा नं. १० १ लाख पाएका छन् ।
त्यस्तै शिवालय मा.वि कुश्मा २ लाख,गोल्यार्ङम आधारभुत विद्यालय महाशिला वडा नंं १ ले १ लाख रकम प्रदेश स्तरमा संचालित समावेशी शिक्षा गर्न अनुदान पाएका छन् ।
त्यस्तै पर्वतकै कृष्ण गण्डकी सामुदायीक सिकाई केन्द्र कुश्मा र जनज्योती सामुदायीक सिकाई केन्द्र सामुदायीक सिकाई केन्द्र मार्फत साक्षरता तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालनको लागि स्वकृत पाएका छन् ।
अनुदानका लागि स्वीकृती पाएका विद्यालयहरुले १५ दिन भित्रमानै सम्झौता गराई सक्नुपर्ने छ । सम्झौता गर्न विद्यालय व्यवस्थापन समिति र सामुदायीक सिकाई केन्द्रको सम्झौता पत्र, स्थानिय तहको लगानी संरक्षण गर्ने प्रतिबद्धता पत्र,कार्यक्रम कार्यान्वयनका लागि जेष्ठ भित्र सम्पन्न गर्ने गरी लागत स्टिमेट तथा कार्ययोजना र सम्झौता पत्र आवश्यक पर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्राविधिक शिक्षा विना मुलुकको समृद्धि र बिद्यार्थीहरुको भविष्य उज्वल हुन नसक्ने निष्कर्षका साथ विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन गराउन विद्यालयहरु लाई अनुदान रकम प्रदान गरिएको सामाजिक विकास मन्त्री नरदेवी पुनले बताईन । गण्डकी प्रदेशका सामुदायीक विद्यालयहरुमा अब प्रविधिमैत्रीपुर्ण पठनपाठन सञ्चालन हुने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!