
पर्वत ः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जलजला गाउँपालिकामा पनि एकता टुंगिएको छ ।
मंगलवार जलजलामा सम्पन्न भेलाले दिपक आचार्य आकाशको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।
कमिटिको सचिबमा तुंगनाथ शर्मा पौडेल रहनुभएको छ । कमिटिमा साविकका दुवै पार्टीबाट सहमतिको आधारमा सदस्यहरु चयन गरिएको बताईएको छ ।
भेलामा नेकपाका केन्द्रि सदस्य गुप्त हमाल, प्रदेश कमिटि सदस्य मेघनाथ, जिल्ला संयन्त्र सदस्य भक्त कुँवर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यस अघि कुश्मा, फलेवास र महाशीलामा एकता भैसकेको छ भने मोदी, विहादी र पैंयुवमा पनि छलफल जारी रहेको बताइएको छ ।
यता पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा पनि सर्वसम्मत रुपमा वडा कमिटि गठन गरिएको छ । मंगलवार विहान सम्पन्न भेलाले कृष्ण लम्सालको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन गरेको हो । सचिबमा नरनाथ सापकोटा रहनुभएको छ । नेकपा जिल्ला सचिवालय सदस्य तथा फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलको अध्यक्षतामा सम्पन्न भएको भेलामा पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।