पोखरामा नेविसंघले सरकारी गाडी जलायो,५ पक्राउ - News site from Nepal
पोखरामा नेविसंघले सरकारी गाडी जलायो,५ पक्राउ

पोखरा, माघ १९ ।
पोखरामा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान नेविसंघले शनिवार बिहान जलाईएको हो । पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको गाडि मासबार स्थित घरेलु कार्यालय अगाडी गाडी जलाईएको हो ।
प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला(ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन् ।
आज सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!