पञ्चबर्षिय योजना बनाउँदै गण्डकी प्रदेश सरकार, दिर्घकालीन योजनालाई प्राथमिकता दिन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह - News site from Nepal

पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चबर्षिय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव संकलन कार्यक्रमलाई सम्वोधन गर्दै तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो श्रोतले भ्याउने खालका योजनाहरु छनौट गर्नुपर्ने बताउनुभयो । उहाँले अबको पहिलेको अवस्था जस्तो त्रिवर्षिय, पञ्चवर्षिय योजना हैनकी कम्तिमा पनि २० वर्षे अवधिका योजनाहरु बनाउन सुझाव दिनुभएको छ । उहाँले लामो समयको राजनीतिक लडाईपपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दिर्घकालीन योजना निर्माण गरेर अघि बढेमा मात्र विकासले गति लिने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशले निर्धारण गरेका दिगो विकासका लक्ष्यहरु सँग तादम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न उक्त कार्यक्रमले महत्वपुर्ण फाईदा दिने हुदाँ योजना आयोगले तयार पारेको पञ्चबर्षिय योजनालाई मसिनो गरी अध्ययन गरेर रचनात्मक सुझाव दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचक अनुरूप विकासका कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिदै मन्त्री लम्सालले विकासका संवाहकहरू के–के हुन सक्छन त्यसको उचित खोज र पहिचान गरी तिनीहरूलाई आर्थिक रूपान्तरणका मुख्य सहयोगीका रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले विगतमा योजना बन्ने तर कार्यान्वयन नहुने परिपाटी भएको स्मरण गर्दै ति खाले योजनाको समीक्षा गर्दै कार्यान्वयन योग्य संघीय संरचना अनुरूपको कार्यान्वयनात्क योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जुनादेवि नेपाली, फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, नेकपाका जिल्ला नेता भत्तबहादुर कुँवर, नेपाली काङग्रेस जिल्ला सचिब यूक्तप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका धनराज सुनार, नयाँ शक्ति नेपालका केन्दिय सदस्य महेन्दजंग लामिछाने, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले प्रदेशको दीर्घकालिन विकाशको लागि योजनाहरू बतनाउनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रमको संचालन प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. विष्णु बरालले गनुभएको थियो । कार्यक्रममा आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!