प्रमुख समाचार

भुकदेउराली पुगेर सांसद गिरीले – ‘भने एक वर्ष अघि गरेका बाचा भुलेको छैन सवै पुरा गर्छु’

By लोकतन्त्र अनलाईन

January 02, 2019

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ भुकदेउरालीमा प्रथम नमुना गाउँ बार्षिकोत्सव शुरु भएको छ । जिल्लाकै पहिलो नमुना गाउँ भुकदेउरालीमा नमुना गाउँको बार्षिकोत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगीता शुरु भएको हो ।सामूहिक एकता र ग्रामीण विकासको अवधारणालाई सार्थक बनाउँदै एक बर्ष अघि देखि शुरु भएको नमुना गाउँ निर्माण अभियानको एक बर्ष पुगेको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको एक कार्यक्रममा वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गरेका छन ।५ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पूर्वसन्ध्यामा खेलकुद प्रयोजनका लागि निर्माण गरिएको खेलमैदानको समेत उद्घद्धाटन गरिएको छ । खेलमैदानको सांसद गिरीले उदघाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै सांसद गिरीले एक बर्ष अघि आफूले गरेका सवै वाचाहरु पुरा गर्न आफू लागी परेको बताए । उनले जिल्लाको विकासका लागि आफूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरु सवै पर्वतबासीका सामू अझै पनि ताजा नै रहेको भन्दै ति सवै प्रतिबद्धताहरु पुरा गर्नु नै आफ्नो पहिलो कर्तब्य रहेको बताए । सडक कालोपत्रे, खानेपानीको उपलब्धता र शिक्षा, स्वास्थ्यमा सुधारका प्रयासहरु जिल्लामा शुरुवात भईसकेको सांसद गिरीको भनाई छ ।उनले मुख्य सडक कालोपत्रेका कामहरु शुरु भईसकेको बताउँदै आगामी ४ बर्ष भित्र जिल्लाले मुहार फर्ने उद्घोष पनि गरे । केन्द्रिय सरकारले रेल र पानीे जहाजको महत्वगामी योजना अघि सारेको तर्फ इंकित गर्दै ति सपनाहरु पनि क्रमशः पुरा गर्ने अभियानमा संघिय सरकारले काम गरीरहेको समेत बताए । सदनमा काम गर्दा पर्वतबासी मतदाताहरुको अनुहार सधै सम्झिरहेको दोहेराउँदै समग्र जिल्लाको विकासका लागि महत्वपूर्ण योजनहरु केहि समयमै पुरा हुने समेत उनले बताए ।कार्यक्रममा क्या. रामबहादुर गुरुङले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । टेकबहादुर गुरुङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सुरज गुरुङ र स्वागत अन्तिम गुरुङले गरेका थिए ।