चीन भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता - News site from Nepal
चीन भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – स्वास्थ्य अवस्था अनुकूल नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो चीन भ्रमण छोट्याएर स्वदेश फर्कनु भएको छ ।
बेईजिङको औपचारिक कार्यक्रम सकेर हिजो तिब्बत आएकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै एक दिन अघि नै काठमाडौं फर्कनु भएको हो । चार्टर विमानबाट ल्हासाबाट बिहान १० बजेर ४० मिनेटमा सीधै त्रिभुवन विमानस्थल अवतरण गरेकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नुभएको थियो ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीकाअनुसार, हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएको हो ।
सामान्य अवस्थामा समेत तिब्बतमा हाई अल्टिच्युटको समस्या रहने गरेको छ । स्थानीयवासीमा सो समस्या बिरलै देखिने गरेपनि भ्रमणका लागि पुग्ने अधिकांशमा हाई अल्टिच्युटको समस्या देखिने गरेको छ । तिब्बती अधिकारीहरुले नेपालका राष्ट्रप्रमुखमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै बाँकी सबै औपचारिक रद्द गरेका छन् । तिब्बत भ्रमणका क्रममा तय भएका महत्वपूर्ण भेटवार्ता भने भण्डारीले हिजै सम्पन्न गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!