हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने - News site from Nepal

काठमाण्डौ – प्रदेश २ को मन्त्रिपरिषद बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । घाइतेको उद्धार उपचारलगायतका काममा कर्मचारी खटाउने निर्णय गरेको हो । 
आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषद बैठक बसेको हो । 
सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको छ । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!