मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै - News site from Nepal

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

यसअघि विहीबार नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम सकिन समय लागेका कारण श्रद्धान्जली शुक्रबार बिहान ८ बजेबाट मात्र हुने भएको हो ।

डाक्टर रिजेन श्रेष्ठले दिएको जानकारी अनुसार राति १ बजे मात्र सम्पूर्ण पोष्टमार्टमको काम सकिएको हो । विहीवार दिउँसो २ बजेदेखि शव परीक्षण र पोष्टमार्टम काम शुरु भएको थियो । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!