जन जागृति मा.वि.को ५८ औँ बार्षिकोत्सव सम्पन्न

By लोकतन्त्र अनलाईन

January 01, 2019

कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित जन जागृति मा.वि.को ५८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिद्यालयले ५८ बर्ष पुगेको अवसरमा मङगलवार एक कार्यक्रमका बिच दिवस मनाएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गुणस्तरिय सहितको व्यवसायीक तथा व्यवहारिक शिक्षा विना मुलुकले विकास र समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । विद्यमान शैक्षिक पद्धतीले बेरोजगार मात्रै उत्पादन गरेकाले अब सोझै उत्पादनसँग जोड्ने गरी व्यवसायिक शिक्षा नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जोड दिन विशेष नीति लिने योजना प्रदेश सरकारले अघि सर्ने तायारी थालेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रण ब.थापाले बिद्यालयमा नयाँ शिक्षण पद्धतीको विकास हुन नसक्दा सामुदायिक बिद्यालयहरु पछी परेको बताउनुभयो । कायक्रममा नेकपाका पुस्कल ब. थापा,नेपाली काङग्रेसका शिव प्रसाद तिमिल्सिना,वडा सदस्य सरला नेपाली,बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु वल ब. थापा,प्रेम ब. जि.सि.,अभिभावक शान्त व.सु्वेदी,सुर्य खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए । बिद्यालयका अध्यक्ष कृष्ण ब.गोतामेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवसरमा बिधालयका प्र.अ.विष्णु प्रसाद तिमिल्सिनाले बिद्यालयको बार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यालयको बार्षिकोत्सव समारोहका अवसरमा बिधार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।