लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भने-शीघ्र स्वास्थ्यलाभको कामना - News site from Nepal

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेको दूतावासले जनाएको छ ।

मोदीले ओलीलाई लेखेको पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन् । सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र ओलीकै महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन् ।

साथै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari